सरकारलाई सर्वाेच्चको प्रश्न : सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु किन?

शनिबार, २६ माघ २०७५, १९ : ०८ नागरिक

काठमाडौं– सर्वाेच्च अदालतले सरकारसँग सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु चढाउनुको कारण माग गरेको छ। 

सार्वजनिक यातायातलाई व्यवस्थित गर्न परमादेशको माग गर्दै भुवन रोस्याराले माघ ५ गते दायर गरेको रिट निवेदनको सुनुवाई गर्दै न्यायाधीश आनन्द मोहन भट्टराईको एकल इजलासले माघ १८ गतेदेखि लागु हुनेगरी १५ दिनभित्र जवाफ पेश गर्न गृह मन्त्रालय, भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालय, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी महाशाखालाई आदेश दिएको हो। 

रिट निवेदनमा सार्वजनिक यातायातका साधनमा उपलब्ध सवारी सीट भन्दा बढी संख्यामा यात्रु बोकी आम नेपाली जनताको नेपालको संविधानको धारा १६, १७, ३०, ३५, ३८, ३९, ४१, ४४, ४६ र १३३ सम्बन्धी हकको उल्लंघन भएको र सर्वसाधारणको असहज यात्राले कानुन एवं संवैधानिक प्रश्न लगायत सार्वजनिक चासो र सरोकारको विवादको समेत सिर्जना गरी दिएको भन्दै यसलाई व्यवस्थित गर्न परमादेश माग गरिएको छ। 

निवेदनमा सार्वजनिक यातायातका साधन सञ्चालनको अनुमति दिँदा सवारी साधनको क्षमता र यात्री सीट संख्या निर्धारण गरी दिनुपर्ने कानुनी प्रावधान रहेको र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ दफा १०२ मा सीट भन्दा बढी यात्री राख्न नहुने कानुनी व्यवस्थाले निर्दिष्ट गरेको भए पनि कार्यान्वयन नभएको दाबी गरिएको छ। कार्यान्वयनमा गृह मन्त्रालय, यातायात मन्त्रालय, विभाग र ट्राफिक प्रहरीले चासो नदेखाएको भन्दै कानुन उल्लंघन गर्ने व्यवसायीलाई कडा कारवाहीका लागि ट्राफिक प्रहरी महाशाखालाई परमादेशको आदेश जारी गर्न माग गरिएको छ। 

यस्ताे छ रिट निवेदन :

र्वाेच्चकाे आदेश :

 






यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेसको गण्डकी प्रदेश एजेन्ट् मीट् कार्यक्रम

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत शनिबार आफ्नो गण्डकी प्रदेश लक्षित एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम...

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर र ट्रिपर सार्वजनिक

नेपाल बिल्ड एक्स्पोमा महिन्द्राको लोडर र ट्रिपर सार्वजनिक

नेपालको औधोगिक तथा ब्यबसायिक घराना माझ लोकप्रीय तथा देशको आर्थिक विकासमा सर्मपित एम. भी. दुगड़ ग्रुप नेपालको सफल ब्यबसायी दुगड...

अब विकास बैंकहरु पनि एनसीएचएलको कनेक्ट आरटीजीएसमा

अब विकास बैंकहरु पनि एनसीएचएलको कनेक्ट आरटीजीएसमा

नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिदै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले अब विकास...

सिप्रदिद्वारा “टाटा दशैं वम्पर लक्की ड्र” उपहार घोषणा

सिप्रदिद्वारा “टाटा दशैं वम्पर लक्की ड्र” उपहार घोषणा

टाटा मोटर्स् नेपालको लागि एक मात्र आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि द्वारा दशैं वम्पर लक्की ड्र को उपहार घोषणाको कार्यक्रम...

कान्ति अस्पतालको ब्लड बैंक सेवा पुन सुचारु

कान्ति अस्पतालको ब्लड बैंक सेवा पुन सुचारु

ब्लड बैंक सेवालाई पुन सुचारु गरी  सञ्चालनमा ल्याउन राउन्ड टेबल नेपाल र कान्ति बाल अस्पताल बिच सम्झौता भएको छ। ...

दुई अर्बको कारोबार गर्दै सकियो नेपाल बिल्ड एक्स्पो (भिडियो )

दुई अर्बको कारोबार गर्दै सकियो नेपाल बिल्ड एक्स्पो (भिडियो )

भक्तपुरको सल्लाघारीमा गत शुक्रबारदेखि सुरु भएको एक्स्पो आइतबारसम्म करिब पाँच हजारभन्दा धेरैले अवलोकन गरेको महासंघले जनाएको छ। ...

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंकको धनगढी शाखा सञ्चालन

एनएमबि बैंक लिमिटेडले चौराहा स्थित धनगढी शाखाको स्थानान्तरण तथा प्रदेश ७ को प्रदेश कार्यालय सञ्चालनमा ल्याएकोे छ। ...

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

‘रहस्यमय र जादुमय यति’ भ्रमण वर्षको मस्कट

नेपाल भ्रमण वर्ष २०२० को आन्तरिक र अन्तर्राष्ट्रिय प्रचारका लागि नेपाली कलाकारहरू ७ फीट ह ६ फीट को आकारका १०८...

Ncell Footer Ad