८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश २ प्रमुखको चिन्ता : पत्रकार सन्यासीजस्तै भए

सप्तरी - प्रदेश २ प्रमुख रत्नेश्वरलाल कायस्थले पत्रकारलाई सन्यासीसँग तुलना गरेका छन्। सप्तरीको कञ्चनरुप नगरपालिका १२ को धारापानीमा नेपाल पत्रकार महासंघ सप्तरी शाखाको वार्षिक साधारणसभा उद्घाटनमा उनले भने, ‘पत्रकारको जीवन संन्यासीको जस्तो छ, आफ्नोभन्दा बढी समाजको विषयमा चिन्तित हुन्छन् उनीहरु।’

सन्यासी जस्तै आफू आर्थिक रुपमा कमजोर भए पनि सरकार तथा नेतृत्व वर्गलाई समय समयमा सही मार्गदर्शन गराउने काम पत्रकारले गरेको भन्दै उनले पत्रकारितामा लागेका सबैको मन जितेका थिए। त्यस्तै, कार्यक्रममा पत्रकार बैधनाथ यादवले सरकारद्वारा प्रेस स्वतन्त्रतालाई समाप्त पार्ने षडयन्त्र भइरहेको गुनासो गरे। साथै यादवले प्रदेश २ मा भ्रष्टाचार चरम सीमामा पुगेको भन्दै प्रदेश प्रमुखको ध्यानाकर्षण गराएका थिए।

 

प्रकाशित: २६ माघ २०७५ १२:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App