७ वैशाख २०८१ शुक्रबार
समाज

तीन दिनदेखि रुकुममा टेलिफोन सेवा अवरुद्ध

रुकुम - रुकुम (पश्चिम) मा बिहीबार साँझबाट टेलिफोन सेवा अवरुद्ध भएको छ। रोल्पाको रातामाटामा रहेको नेपाल टेलिकमको टावरमा समस्या आएपछि जिल्लामा नेपाल टेलिकमद्वारा सञ्चालित सबै टेलिफोन अवरुद्ध भएको हो।

रोल्पा रातामाटाको रिपिटर टावरमा अचानक समस्या आएको टेलिकम जिल्ला शाखाले जनाएको छ। टावरमा आएको समस्या समाधान गर्न क्षेत्रीय कार्यालय नेपालगञ्जबाट प्राविधिक टोली पुगेको र त्यहाँ बाक्लो हिउँ परेकाले अत्यधिक चिसोका कारण काम गर्न समस्या भएको बताइएको छ।

प्राविधिक टोलीले टावरमा आएको समस्या पत्ता लगाएपछि सञ्चालन हुन कति समय लाग्ने भन्नेबारे जानकारी गराउने टेलिकम जिल्ला शाखा प्रमुख कृष्ण शर्माले जानकारी दिए। टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा यहाँका सरकारी तथा गैरसरकारी कार्यालयका साथै स्थानीयहरुको काममा प्रभावित भएको छ। यहाँका सञ्चारकर्मी तथा सञ्चारमाध्यमसमेत मारमा परेका छन्। रुकुमपूर्वमा समेत उक्त समस्या रहेको त्यहाँका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिए। 

 

प्रकाशित: २६ माघ २०७५ १२:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App