८ वैशाख २०८१ शनिबार
समाज

यस वर्षको सुनक शान्ति पुरस्कार प्रदान

काठमाडौं- दक्षिण कोरियाको सुनक शान्ति पुरस्कार समितिले यस वर्ष सामाजिक अभियान्ता वारिस डिरी र कृषि अर्थशास्त्री अकिउमी अडिसिनालाई पुरस्कृत गरेको छ।

शनिबार उनिहरुलाई सुनक शान्ति पुरस्कार २०१९ बाट दक्षिण कोरियामा सम्मान गरिएको हो। उनीहरुले पाँच पाँच लाख अमेरिकी डलर सहित मेडल प्राप्त गरेका छन्। डा. हाकजा हान मुन र पुरस्कार समितिका अध्यक्ष डा. सिक हनले उक्त पुरस्कार प्रदान गरेका थिए।

महिला अधिकारको लागि नथाकिकन अभियान चलाएको भन्दै वारिस डिरीलाई पुरस्कृत गरिएको जनाइएको छ। कृषि अर्थशास्त्री अकिउमी अडिसिना कृषि क्षेत्रमा नयाँ आविस्कारको लागि ३० वर्षदेखि निरन्तर लागिरहेका थिए। उनले खाद्य सुरक्षाको लागि दक्षिण अफ्रिकामा गरेको योगदान महत्वपूर्ण मानिन्छ।

'गुणस्तरिय जीवन यापनको लागि उहाँहरुले गरेको योगदान महत्वपूर्ण छ', पुरस्कार समितिले भनेको छ। अफ्रिकामा भइरहेको समृद्धि र विकासमा उनीहरुले गरेको योगदानलाई पुरस्कार समितिले उच्चतमरुपमा लिएको जनाएको छ।

अडिसिना अफ्रिकन डेभलपमेन्ट बैङ्कमा अध्यक्षको रुपमा रहेका छन्।

 

प्रकाशित: २६ माघ २०७५ १२:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App