coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

भारतसँग थप दुई बन्दरगाह माग

गुजरातस्थित मुन्द्रा बन्दरगाह । तस्बिर : एजेन्सी

काठमाडौं– तेस्रो मुलुकसँगको व्यापार सहजीकरणका लागि नेपालले भारतसँग थप दुई बन्दरगाहको माग गरेको छ। 

माग गरिएका नयाँ बन्दरगाह मध्य गुजरातको मुन्द्रा र उडिसाको धमरामा रहेका छन्। अहिले नेपालले आन्ध्र प्रदेशको बिशाखापटनम र कोलकाताको हल्दिया बन्दरगाह प्रयोग गर्दै आएको छ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजुले नयाँ बन्दरगाह प्रयोग गर्न दिने विषयमा भारत सकारात्मक रहेको बताए। उनले भने, ‘यी दुई बन्दरगाह प्रयोग गर्न पाउने हो भने नेपालको तेस्रो मुलुकसँगको व्यापार थप सहज हुनेछ।’

शुक्रबार राती पोखरामा सम्पन्न नेपाल र भारतका सहसचिवबीच वाणिज्य सन्धि नवीकरणको विषयमा सम्पन्न बैठकमा नेपालले नयाँ बन्दरगाहको प्रस्ताव गरेको हो। बैठकमा नेपालले सन्धि नवीकरणका लागि जति सक्दो छिटो आफ्नो धारणा राख्ने सहमति पनि भएको छ।

प्रकाशित: २६ माघ २०७५ ०९:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App