भारतमा मदिरा सेवनबाट ६० भन्दा बढीको मृत्यु

शनिबार, २६ माघ २०७५, १४ : ४२ एजेन्सी

314


नयाँदिल्ली– भारतमा विषाक्त मदिरा सेवनबाट ६० जना भन्दा बढीको मृत्यु भएको छ। बीबीसी हिन्दीका अनुसार उत्तर प्रदेशका दुई जिल्ला र उत्तराखण्डको रुड्कीमा विषाक्त मदिरा सेवनबाट दर्जनौं मानिसको मृत्यु भएको छ। सय भन्दा बढी मानिस विभिन्न अस्पतालमा जीवन र मृत्युसँग संघर्ष गरिरहेका छन्। 

सहारनपुर जिल्लामा मात्रै विषाक्त मदिराबाट मर्नेको संख्या ४६ पुगेको यहाँका सिडियो आलोक पाण्डेय र प्रहरी प्रमुख दिनेशकुमार पी.ले संयुक्त विज्ञप्तिमार्फत जानकारी दिएका छन्। यहाँको नागल, गागलहेडी र देवबन्द क्षेत्रका कयौ गाउँमा दर्जनौ मानिसको मृत्यु भइसकेको र ५० भन्दा बढी मानिसको सहरका विभिन्न अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइतेलाई मेरठ मेडिकल कलेजमा भर्ना गरिएको छ। उत्तर प्रदेशका डिजीपी ओपी सिंकले सहारनपुरमा विषाक्त मदिरा छिमेकी राज्य उत्तराखण्डबाट भित्रिएको बताउँदै केही कर्मचारीलाई निलम्बन गरिएको बताए। 

उता उत्तराखण्डको रुड्कीमा विषाक्त मदिराबाट १४ जनाको मृत्यु भइसकेको छ। यो भन्दा पहिला विहीवार र शुक्रवार मात्रै कुशीनगरमा विषाक्त मदिराका कारण १० भन्दा बढी मानिसको मृत्यु भएको थियो।

दुबै घटनापछि राज्य सरकारका मुख्य सचिव र प्रहरी महानिर्देशकले केही कर्मचारीलाई निलम्बन गर्दै अवैध मदिराविरुद्ध कडा कदम चाल्न मातहत निकायलाई निर्देशन दिएको छ। 

राज्य सरकारले सहारनपुरमा नागल थापा प्रमुखसहित १० प्रहरी कर्मचारी, आबकारी विभागका ३ इन्सपेक्टर र दुई कान्स्टेबल निलम्बन गरेको छ। कुशीनगरमा पनि जिल्ला आबकारी अधिकारीसहित विभागका १० कर्मचारीलाई निलम्बन गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 







यसमा तपाईको मत


अन्य समाचार

लन्च भयो सामसंग ग्यालेक्सी एस १० स्मार्टफोनहरु

लन्च भयो सामसंग ग्यालेक्सी एस १० स्मार्टफोनहरु

ग्यालेक्सी एस १० र १० प्लस र ग्यालेक्सी एस १० ई ...

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

नेपाल कै पहिलो लाइफस्टाइल अटो फेस्टिवल - फ्री पास कसरी लिने?

अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

सबैभन्दा ठूलो ब्याट्री भएको स्मार्टफोन

आइफोन XS म्याक्सको भन्दा ७ गुणा ठूलो ब्याट्री ...

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...