coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

राजतन्त्र फर्काउन खेल सुरु, गणतन्त्रमाथि खतरा : चित्रबहादुर केसी

बुटवल — राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले नेपालको गणतन्त्र माथि खतराको कालो बादल मडारीएको बताएका छन।

प्रगतिसिल पत्रकार संघ रुपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष केसीले नेपालमा राजतन्त्र ल्याउने खेल सुरु भएको बताएका हुन। नेपालमा कम्युनिष्ट सरकार बनेको शक्ति राष्ट्रहरुलाइ पाच्य नभएकाले कमजोर शक्तिहरुलाइ फुटाएर गणतन्त्र र धर्मनिरपेक्ष माथि प्रहार गर्ने षडयन्त्र सुरु भएको केसीले दावी गरेका हुन।

नेता केसीले देशमा संघियता आवश्यक छैन भन्ने कुरामा जनता स्पष्ट भइसकेको समेत दावी पनि गरे।  संघियता पार लगाउन सकिन्छ भन्ने सम्बन्धमा दुइ ठुला पार्टी नेकपा र काँग्रेसलाइ पनि विश्वास नलागेको प्रसंग दोहोर्याउँदै अध्यक्ष केसीले पछिल्लो समय जनता पनि संघियता चाहिदैन भन्ने कुरामा स्पष्ट भइसकेको बताए।

प्रतिनिधि र प्रदेश दुवै सदनमा ठुला माफीया, ठेकेदार र तस्करहरु सांसदका रुपमा रहेकाले चिकित्सा, शिक्षा तथा सहकारी जस्ता थुप्रै बिधेयकहरु तीनै माफीया अनुकुल निर्माण भइरहेको र केही पास पनि गरीएको बताए। ठुला माफीया, तस्कर र ठेकेदारका सामु सरकराले घुडा टेकीसकेकाले यसले जनताको पक्षमा काम गर्न नसक्ने दावी पनि गरे। 

प्रकाशित: २६ माघ २०७५ ०८:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App