७ वैशाख २०८१ शुक्रबार
कला

'बद्रीबहादुर' का राजिब

काठमाडौं- उनी खासमा खेलाडी हुन् तर यस पटक भने चलचित्रमा देखिँदैछन्। चलचित्र 'बद्रीबहादुर' मा तेक्वान्दोका पाँचौं डन राजिवजंग बस्नेतले कलाकारिता मात्र प्रस्तुत गर्ने छैनन वास्तविक 'एक्सन' पनि देखाउने छन्। 'म खेलबाट आएको मान्छे त्यो पनि एक्सन खेल त्यसलाई चलचित्रमा जीवन्तरुपमा प्रस्तुत गर्नेछु', बस्नेतले भने,'खेलाडी भएकाले बास्तविक एक्सन पर्दामा हेर्न पाउनुहुने छ।'

'बद्रीबहादुर' शोभित बस्नेतको निर्देशनमा बन्न लागेको हो। चलचित्रको छायंकन सुरु भइसकेको छ। चलचित्रको लागि ६ महिना निरन्तर मेहनत गरेको उनले बताएर शरिरलाई फिट राख्न र चलचित्रमा सुहाँदो अभिनय प्रस्तुत गर्न त्यो मेहनत जरुरी रहेको उनको भनाई छ। उनले सन् २०१४ मा कोरियामा भएको खेलमा ‘इन्टरनेसनल मास्टर टाइटल’ समेत पाएका थिए। चलचित्र एबी पिक्चर्स फार्म र सलोन सलिना फिल्मको ब्यानरमा बन्न लागेको हो।  चलचित्रमा जयकिशन बस्नेत, धिरेन शाक्य, शोभित बस्नेत, लय संगौला, पूजा शर्मा, सलोन बस्नेत लगायतको अभिनय रहने छ।

चलचित्रको सुटिङ संखुवासभा, काठमाडौं लगयतका स्थानमा हुने छ। 'बद्रीबहादु' काल्पनिक नभइ यथार्त भएको बस्नेतले बताए।  बद्रीबहादुर संखुवासभाको एक सोझो असल र बफदार पात्रको असली जीवनमा आधारित कथा भएको र यसैले आफुलाई प्रभावित बनाएको उनको भनाई छ। कमेडी र बफदार बद्रीबहादुर नामकरण चलचित्रमा दन्द पनि एकदमै फरक शैलीमा हुने उनले बताए।

 

प्रकाशित: २६ माघ २०७५ ०७:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App