निबन्ध

गुलाबी नजर

शनिबार, २६ माघ २०७५, १२ : ३८ बालिका थपलिया

जसरी संसारमा मानव जातिको सृष्टि भएको छ त्यसरी नै फूलहरुको पनि आफनै किसिमको सृष्टि छ।  ‘मानव’ शब्द एक भए पनि व्यक्तिपिच्छे विशेषताहरु फरक पर्दछन्।  फूल पनि फरक फरक स्वभावका हुन्छन्।  ठाउ“ र हावापानी अनुसार रङगीचङगी फूलहरु फुलिराखेका हुन्छन्।  विभिन्न उत्सबमा फूलहरुको महत्व हुन्छ।  भ्यालेन्टाइन डे नजिकिइरहेका बेला गुलाफ र प्रेमबीचको सम्बन्धको बयान गर्नु सान्दर्भिक हुन्छ। 

गुलाफलाई जिन्दगी, सुन्दरता र प्रेमको प्रतिक ठानिन्छ।  जीवनको दर्शन हो गुलाफ।  यसको धार्मिक मूल्य र मान्यता पनि छ।  का“डा बीचमा फूलेजस्तै जीवन पनि यात्राका का“डा पन्छाउ“दै निरन्तर अघि बढछ।  जब हामी गुलाफ र कोपिला मुस्कुराइरहेको देख्छौ तब मनबाटै उत्तेजित हुन्छौ र भन्छौ–अहा क्या सुन्दर। 

सायद सबै फूलभन्दा सर्बोत्कृष्ट भएकाले गुलाफलाई फूलहरुको राजा भनिएको होला।  गुलाफ र प्र्रेम निकट भएर आउ“छन्।  प्र्रेमी अथवा पे्रमिकालाई प्रेम अभिव्यक्त गर्न गुलाफ एक मात्र माध्यम हो।  आफना भावना पे्रमिल मनले एक अर्काप्रति साटासाट र समर्पित गर्दछन्।  अनि प्रेम अभिव्यक्त गर्न पाउ“दा राहत महसुस गर्दछन्।  गुलाफले मनले बुझने भाषामा प्रेमको कूरा गर्छ।  भनिन्छ प्रेम गुलाफभन्दा पनि सुन्दर हुन्छ र यसको का“डा गुलाफको का“डा भन्दा तिखो हुन्छ र मुटुसम्म घोच्छ।   

रातो गुलाफ मायालुलाई प्रेम गर्छु भन्ने जनाउन, गुलाफी गुलाफ रिसाएकालाई फकाउन, पहेलो गुलाफ मित्रता, कालो गुलाफ विछोड, सेतो गुलाफ चिहानमा समवेदना जनाउन प्रयोग गरिन्छ।


साहित्य, गीत सङगीत पनि यी दुई चीजबाट अर्थात प्रेम र गुलाफको सम्बन्धबाट अलग छैनन्।  धेरै लेखकहरुले प्रेमलाई गुलाफ अनि गुलाफलाई प्रेमस“ग तुलना गरेका छन्।  हिन्दी गीत गजलमा पनि प्रेम र गुलाफको निकटताले अग्रस्थान कायम गरेको छ।   शेक्सपियरले गुलाफ र नामलाई जोडेर महान विचार प्रकट गरेका थिए।  “नाममा के छ? गुलाफलाई जे सम्बोधन गरे पनि त्यसको सुगन्ध त एउटै हो, नाटककार बालकृष्ण समले नाटक प्रेमपिण्डमा भनेका छन्। 

प्रेमपिण्ड नाटकका मूख्य पात्र नकुलले प्रेमिका सबितालाई भनेका छन् “हामी स“गै मर्‍यौ भने गुलाफको चितामा जल्थ्यौ।  सुबासको धु“वा रङमङाउ“थ्यो।  चराहरु गरुड पुराण लगाउ“थे।  तर एक्ला एक्लै मर्‍यौ भने कति नमज्जा हुन्थ्यो। ” उनी आफू र आफ्नी  प्रेमिका मरेपछि गुलाफको चितामा जल्न पाए हुन्थ्यो भन्ने चाहना राखेका छन्।
त्यस्तै कवि रोबर्ट बर्नसले प्रेमिकालाई जून महिनामा फुल्ने गुलाफस“ग तुलना गरेका छन्।  उनले लेखेका छन् “मेरी प्रेमिका जून महिनामा फुल्ने ताजा रातो गुलाफ जस्तै छिन्। ” उनको यो कविताले जर्मनीमा उथलपुथल ल्याइदिएको थियो रे।  एलिसन रिचर्डको एउटा उद्धरण एकदम राम्रो छ।  उनले प्रेमिकाको अनुहार हेर्दै भावुक बनेर भनेका छन् “तिम्रो मुहार एक सुन्दर ब“गैचा हो, जहा“ गुलाफ र कुमुदिनी फुल्दछन्। ” कवि क्रिस्टिना रोजेटीले ‘जब म मर्छु मेरो प्रियतम’ शिर्षकको कवितामा यसरी गुलाफलाई सम्बोधन गरेकी छिन् “जब म मर्छु मेरो प्रियतम, मेरो चिहानमा गुलाफका बोटहरु नरोप, ती रक्तिम थु“गाहरुले मेरो सम्झना दिलाउनेछन् र तिमी  प्रेमले व्याकुल हुनेछौ। ”

विभिन्न किसिमका गुलाफले प्रेमका फरक फरक आयाम परिभाषित गर्दछन्।  गुलाफका थरीथरी रङहरुमा थरी थरी अर्थ लुकेको हुन्छ।  रातो गुलाफ मायालुलाई प्रेम गर्छु भन्ने जनाउन, गुलाफी गुलाफ रिसाएका प्रेमी प्रेमिकालाई फकाउन, पहेलो गुलाफ मित्रता, कालो गुलाफ विछोड, सेतो गुलाफ चिहानमा समवेदना जनाउन प्रयोग गरिन्छ।

लण्डनका कवि रोबर्ट हेरिकले गुलाफ र कुमारीत्वलाई एकै ठानेका छन् “आज हा“सेको गुलाफ भोलि वैलाएर झर्छ, त्यसैले ए कुमारी ! तिमी नलजाउ बरु आफनो समयको भरपुर सदुपयोग गर।  कसैस“ग प्रेम गर। ” नाटककार जर्ज बर्नाड शा आफनो ‘द एप्पल कार्ट’ नामको नाटकमा गुलाफलाई उपमा बनाउन चुकेनन्।  उक्त नाटककी महिला पात्र पुरुष पात्रलाई प्रेम गर्छिन् र भन्छिन् “स्वर्गले तिमीलाई गुलाफ उपहार दिएको छ तर किन तिमी बन्दाकोपीमा झुण्डिइरहेको छौ। ” उनी आफनो प्रेमीले प्रेम गरेकी अर्की महिलालाई बन्दाकोपीस“ग तुलना गरेकी छिन्। 

कुनै प्रेमीले प्रेमिकालाई रातो गुलाफ उपहार दिएमा एक अर्कामा रुमानी भावना उत्पन्न हुन्छ।  शब्दले प्रष्टयाउन नसकेको प्रेम पुष्पपत्रहरुले प्रतिविम्बित गरिराखेको हुन्छ।  अर्थात् रातो गुलाफ प्रेमको प्रतिनिधि हो।  भ्यालेन्टाइन डे मा रातो गुलाफको निक्कै चर्चा हुन्छ।  प्रेम–पत्रहरुमा मायालुका आ“खालाई गुलाफी नजर भनेर तारिफ गरिन्छ।  गुलाफको झाङ्गलाई प्रेमीहरु लुकेर माया साटने स्थलका रुपमा लिइन्छ।  अनि गुच्छाहरुलाई मायाको चिनो स्वरुप सजाइन्छ।  यो जगतमा गुलाफ थिएन भने प्रेम अधुरो हुनेथियो र हाम्रा, आ“गन, ब“गैचा र पार्क उजाड हुनेथिए।

वाइबलमा पनि गुलाफको महत्वलाई उल्लेख गरिएको छ।  प्रेमका देवता क्युपिडले गुलाफको ब“गैचामा वाण हान्दा गुलाफको बोटमा लागेको र डा“ठमा का“डाहरु पलाएको ग्रिकको ग्रन्थमा पढन पाइन्छ।  जब क्युपिडकी आमा भेनस ब“गैचामा डुल्न आइन् तब का“डाले उनको खुट्टामा घोचेर चुहिएको रातो रगतले नै गुलाफको रङलाई रातो बनाइदियो।  भनाइ नै छ “गुलाफको का“डाले प्रेमको आ“खालाई घोचेर फुटाइदियो अनि रगताम्मे बनाइदियो र त्यही बेला देखि प्रेम दृष्टिविहीन भयो।  तर टाढा टाढासम्म देख्न सक्छ। ” प्रेमको हेराइले धर्तीमा नै स्वर्गको अनुभव गराइदिन्छ।  समग्रमा प्रेम र गुलाफ नङ र मासुझै एक अर्कास“ग नजिक छन्।  प्रेमविना गुलाफ अधुरो छ र गुलाफ विना प्रेम।








यसमा तपाईको मत

अन्य समाचार

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

लिनोभो, डेल र एचपीको बिक्रि बढ्ने क्रममा - एप्पलको बिक्रि तल खस्किदै ...

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

११०० भन्दा बढी प्रयोगकर्ताले आफ्नो नयाँ आइफोन ११को डिस्प्ले खरिदको एक दुई दिन मै स्क्र्याच हुन थालेको भन्दै गुनासो गरेका...

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

Ncell Footer Ad