८ वैशाख २०८१ शनिबार
खेल

धनबहादुर र सरस्वती वर्ष खेलाडी

काठमाडौं – त्रिभुवन आर्मी क्लबका धनबहादुर भट्ट र सशस्त्र प्रहरी बल एपिएफ क्लबकी सरस्वती चौधरी मनोरमन शर्मा वर्ष खेलाडीद्वारा सम्मानित भएका छन्। नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले आफ्नै नामबाट स्थापना गरेको ट्रष्टबाट पुरुषतर्फ धनबहादुर र महिलामा सरस्वतीलाई शुक्रबार बानेश्वरमा आयोजित एक कार्यक्रममार्पmत वर्ष खेलाडीको अवार्ड प्रदान गरेका हुन्।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष पीताम्बर तिम्सिना र ट्रस्टका संरक्षकसमेत रहेका नेपाल भलिबल संघका अध्यक्ष शर्माले खेलाडीद्वयलाई अवार्ड र नगद ३० हजार रुपैयाँद्वारा सम्मानित गरे। करिब दुई हप्ता अगाडि मात्र भलिबल संघले प्रदान गरेको एनभिएको वर्ष खेलाडीबाट पनि धनबहादुर र सरस्वती नै सम्मानित भएका थिए।
यसअघि नै अक्षय कोष स्थापना गर्दै वार्षिक रूपमा खेलाडीलाई सम्मान गर्ने घोषणा अनुरूपमा शर्माले त्यसलाई निरन्तरा दिएका हुन्। भलिबल नेपालको राष्ट्रिय खेल भएपछि शर्माले आफ्नो नाममा १० लाख रुपैयाँको अक्षय कोष स्थापना गरेका थिए। संघका अध्यक्ष शर्माले कयौं वर्षसम्म ट्रेष्टमार्पmत भलिबलमा आफ्नो योगदान भइरहने उल्लेख गरे। ‘खेलाडीलाई वार्षिक रूपमा सम्मान गर्ने योजनाअनुरूपमा ट्रष्टको स्थापना गरे,’ संघका अध्यक्ष शर्माले भने,‘यो शिलशीला म भलिबलमा नरहँदासम्म पनि चलिरहनेछ। त्यसैले यो कार्य गर्दा निकै हर्षित छु।

भलिबलका महासचिव जितेन्द्रबहादुर चन्दले मनोरञ्जनरमण शर्माको कोषमा अहिले कुल ९६ हजार पाँच सय रुपैयाँ रहेको र त्यसबाट ६० हजार रुपैयाँ सम्मानमा खर्च गरेको बताए। यसै ट्रष्टमार्पmत भलिबलका खेलाडीलाई उपचारलगायत समस्यामा सहयोग गर्ने उद्देश्य रहेको महासचिव चन्दले उल्लेख गरे। अर्को संस्करणमा सम्मानित हुने खेलाडीलाई ५० हजार पाउने लक्ष्यका साथ बाँकि रकम राखिएको उनले बताए।
 

 

प्रकाशित: २६ माघ २०७५ ०६:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App