coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

टाइब्रेकरको सफलताले एपिएफ फाइनलमा

घरेलु टोलीविरुद्धको खेलमा दबाव राखे पनि जापानिज रिस्हो युनिर्भसिटीको टोली टाइब्रेकरमा ४–१ ले स्तब्ध हुँदै पोखरा बसाई टुङ्ग्यायो। तस्बिरः उमेश पुन/नागरिक

पोखरा - सशस्त्र प्रहरी बलको एपिएफ क्लबले टाइब्रेकरमा फाइनल खेल्ने ढोका उघार्दा पाहुना टोली रिस्हो पोखरामा जारी छैटौं मनकामना केबलकार पोखरा कपबाट बाहिरिएको छ। घरेलु टोलीविरुद्धको खेलमा दबाव राखे पनि जापानिज रिस्हो युनिर्भसिटीको टोली टाइब्रेकरमा ४–१ ले स्तब्ध हुँदै पोखरा बसाई टुङ्ग्याएको हो। सफलता हात पारेको एपिएफ यस प्रतियोगितामा पहिलो पटक फाइनल प्रवेश गर्न सफल भयो।

निर्धारित र थपिएको समयमा गोलरहित टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो। सुदीप शिख्राकार, आशिष लामा, राजीव लोप्चान र गोलकिपर राजु नगरकोटीले पेनाल्टीमा गोल गरेपछि विभागीय टोली एपिएफको फाइनल यात्रा सम्भव भयो। एपिएफका गोलकिपर नगरकोटीले नात्सुकी ताकेदाको प्रहारलाई बचाउ गरेपछि जितको सम्भावना बलियो बन्यो। त्यसमा पनि अझ ताकुदो योसिनोको प्रहार क्रसबार माथिबाट बाहिरिएपछि जितको खुसीयाली मनाउने बाटो खुल्यो। एक गोल भने ताकुया हितोमीले गरे।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा निर्धारित समयमा दुवै टोलीले गोलका लागि सुनौलो अवसर सिर्जना गरे पनि सदुपयोग गर्न असफल भए। कास्की जिल्ला फुटबल संघ आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजन रहेको प्रतियोगिताको दोस्रो सेमिफाइनलमा शनिबार मनाङ मस्र्याङ्दीले क्यामरुनी टोली डफिन्स फुटबल क्लब परिवारसँग खेल्नेछ। बलको लागि संघर्ष गर्दै एपिएफका खेलाडी(रातो) र रिस्हो युनिर्भसिटी जापानका(हरियो) खेलाडी।

प्रकाशित: २६ माघ २०७५ ०५:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App