७ वैशाख २०८१ शुक्रबार
समाज

बालिका बलात्कार गरी भाग्दै गरेकाे अवस्थामा दुई युवा प्रक्राउ

चितवन - पुर्वी चितवनको रत्ननगर नगरपालिकामा १३ वर्षीया बालिका बलात्कार गर्ने दुई युवा पक्राउ परेका छन्। प्रक्राउ पर्नेमा बारा घर भएका ३० वर्षीय गंगा चौधरी र २२ वर्षीय अजय कुमार रहेका छन्। ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी)  दयानीधि ज्ञवालीका अनुसार बालिका शुक्रबार बलात्कृत भएकी हुन्। 

रत्ननगरमा पुर्वाधार निर्माणको काम गर्दै आएका पक्राउ परेका युवाहरूले बालिकालाई फकाईफुलाई कोठामा लगेर बलात्कार गरेको प्ररम्भिक अनुसन्धानबाट खुलेकाे उनले बताए। ‘बालिकाको घर नजिकै बस्नै उनीहरुले दिउँसो चार बजेतिर ललाईफकाई बालिकालाई कोठामा लगेको थिए’ उनले भने, ‘प्रारम्भिक जाँचमा बलात्कार भएको देखिएको छ।’प्रहरीले नियन्त्रयणमा लिदाँ दुबै युवकले मादकपदार्थ सेवन गरेको अवस्थामा भेटिएको उनले जानकारी दिए। घटनापछि भाग्दै गर्दा चार किलोमिटर टाढाबाट ती युवाहरुलाई पक्राउ गरिएको डिएसपी ज्ञवालीले बताए। 

उनले भने,‘ प्रहरीलाई पाँच बजे घटनाको बारेमा जानकारी भएपछि सवा छ बजे उनीहरुलाई पक्राउ गरिएको हो।’ बालिकाको शरीरमा दाँतले टोकिएको चोट र डाम समेत भेटिएको उनले बताए। बालिकाको स्वास्थ्य जाँच गरेर अभिभावकको जिम्मा लगाइएको छ। पक्राउ परेका आरोपित विरुद्ध जबरजस्ती करणी ऐन अन्तर्गत अनुसन्धान पश्चात मुद्धा दर्ता गरिने प्रहरीले जनाएको छ।  

प्रकाशित: २६ माघ २०७५ ०५:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App