coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

मिछुर्लुङमा स्वागत

तनहुँको मिछुर्लुङ गाउँ ग्रामीण पर्यटन गन्तव्य बन्दैछ। भीमाद नगरपालिका–५ मा पर्ने गाउँमा हिमाली सौन्दर्य, मगर संस्कृति र अर्गानिक परिकार पाइन्छ। सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र थापाका अनुसार गाउँमा ७२ घर छन्। ती मध्ये ११ घर दलितका हुन् भने बाँकी मगरका। 

तनहुँ पर्यटन विकास समितिका अध्यक्ष हरिसिंह गुरुङको सहयोगमा २०७१ भदौ १६ देखि गाउँमा होमस्टे थालिएको छ। त्यहाँका १४ घरमा ३० जना बास बस्न सक्छन्। आठ सय रुपैयाँको होमस्टे प्याकेजमा खाजा, डिनर, बेड र ब्रेकफास्ट सुविधा पाइन्छ। 
मिछुर्लुङमा घुम्न ढुंगे पहरो, आँटीढाप झरना, बाघ गुफा, बुडुवा खोला लगायत सम्पदा छन्। होमस्टेलाई केन्द्र बनाएर अजम्मरी माई र थानी माईको समेत दर्शन गर्न सकिन्छ। पृथ्वी राजमार्गको खैरेनीटारबाट दक्षिण १२ किमिमा पर्छ मिछुर्लुङ। 

 

प्रकाशित: २६ माघ २०७५ ०४:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App