अध्यात्म

आध्यात्मिक केन्द्र ओशो तपोवन

शनिबार, २६ माघ २०७५, १० : ०६ स्वामी योगानन्द

काठमाडौं माछापोखरीदेखि बाइपास हुँदै करिब पाँच किलोमिटर हिँडेपछि पुगिन्छ, ओशो तपोवन। तपोवनको परिसर प्रवेश गरेपश्चातको अनुभव पारलौकिक नै हुनसक्छ। तपोवन ध्यान र योग गर्ने विश्वभरका साधकहरूका लागि लोकप्रिय आध्यात्मिक केन्द्र हो। 

तपोवनमा साधकहरूले ओशोका ध्यान विधिहरूको अनुभव गर्नेदेखि गहिरोसँग साधनामा डुब्दै जीवन नै बिताउन पनि सक्छन्। ओशो तपोवनको गेटबाट छिर्नेबित्तिकै रिसेप्सनको भवन देखिन्छ, जहा“ रातो बस्त्र लगाएका ओशो शिष्यहरूले हसिलो मुहार अनि मृदु मुस्कानका साथ आगन्तुकहरूको स्वागत गर्छन्। रिसेप्सन सामान्यतया बिहान ८ बजेदेखि सा“झ ६ बजेसम्म खुल्छ। रिसेप्सनसँगै जोडिएको स्टलमा ओशोका साहित्यहरूको साथै अन्य सम्बुद्ध गुरुहरूका पुस्तकहरू समेत पाइन्छ भने साधकहरूको लागि आवश्यक बन्दोबस्तीका सामानहरू समेत सुपथ मूल्यमा उपलब्ध हुन्छ। रिसेप्सनमा नेपाली शिल्पी र आधुनिक निर्माण प्रविधिको संगमको कलात्मक नमुना देख्न पाइन्छ। 

रिसेप्सनभन्दा तलतिर हरियो जंगलले भरिएको भिरालो भूभागमा तपोवनको मुख्य संरचनाहरू निर्माण गरिएका छन्। रिसेप्सनबाट आश्रमको मुख्य भागतिर झर्नको लागि सिढी बनाइएका छन्। जीवनका हरेक पक्षलाई छुने ओशोका अमृत वचनहरूको कोटेसन बोर्डहरू बाटोको छेउमा साधकहरूले पढ्न मिल्ने गरी गाडिएका छन्। काठमाडौंको कला संस्कृति झल्काउने खालका तथा आधुनिक किसिमले निर्माण गरिएका साधकहरू बस्नको लागि बनाइएका भवन हु“दै तल झरेपछि रजनीश ध्यान मन्दिर पुगिन्छ। रजनीश ध्यान मन्दिर हिन्दूहरूका आराध्यदेव भगवान शंकरको शिवलिंग स्वरूप झल्काउने गरी बनाइएको ओशो तपोवनको मुख्य ध्यान कक्ष हो, जसमा करिब तीन सय व्यक्ति एकैसाथ बस्न सक्छन्। ध्यान मन्दिरभित्र ओशो लगायत कृष्ण, शिव, बुद्ध, शिवपुरीबाबा, जिसस, हजरत मोहम्मद आदिका प्रतिमूर्ति र तस्बिर राखिएका छन्। ध्यान मन्दिरमा हरेक दिन ६ वटा ध्यानका सेसनहरू संचालन हुन्छ र सन्ध्यामा सबै गुरुहरूको आरती उत्सव गरिन्छ। रजनीश ध्यान मन्दिरको ठीक अगाडिको बगैंचामा पनि ओशो, शिव, बुद्ध तथा राधाकृष्णका सुन्दर आकृतिका मूर्तिहरू स्थापना गरिएका छन्। यसबाहेक पनि तपोवनभित्र विभिन्न स्थानमा गणेशलगायत अन्य विभिन्न धर्म गुरुहरूका आकर्षक कलाकृतिका मूर्तिहरू स्थापना गरिएका छन्। त्यसकारण ओशो तपोवन सबै धर्म र संस्कृतिको साझा फूलबारी हो भन्न सकिन्छ। 

काठमाडौं माछापोखरीदेखि बाइपास हुँदै करिब पाँच किलोमिटर हिँडेपछि पुगिन्छ, ओशो तपोवन। तपोवनको परिसर प्रवेश गरेपश्चातको अनुभव पारलौकिक नै हुनसक्छ। तपोवन ध्यान र योग गर्ने विश्वभरका साधकहरूका लागि लोकप्रिय आध्यात्मिक केन्द्र हो। 

ध्यान मन्दिर हुँदै तल झरेपछि सुजाता किचेनमा पुगिन्छ। किचेनमा साधकहरूको लागि शाकाहारी भोजन उपलब्ध हुन्छ। तपोवनमा बस्ने साधकहरूले सामूहिक रूपमा सुजाता किचेनमा नै भोजन गर्छन्। तपोवनमा दैनिक सरदर एक सय जना साधकहरूको लागि भोजन पकाइन्छ भने विशेष उत्सवमा पा“च–छ सय जना सम्मका लागि खाना पाक्छ।

किचेनको नजिकै सद्गुरु ओशोको समाधि मन्दिर छ। यो समाधि मन्दिर सन् १९९७ अप्रिलमा निर्माण सुरु भई पा“च महिनामै सम्पन्न गरिएको हो। नेपालका पारम्परिक मन्दिरभन्दा अलि फरक र मौलिक तवरले खुला आकाशमुनि यो समाधि मन्दिर निर्मित छ। ओशो समाधिको मुख्य स्ट्रक्चर जीवनका तीन रंगहरू झल्काउने गरी बनाइएको छ। आध्यात्मिक विद्धानहरूले ति तीन गुणलाई सत्व, रज र तम भन्छन्। हिन्दूहरूले यसलाई ब्रह्मा, बिष्णु र महेशका रूपमा व्याख्या गर्छन्। भौतिक जगतका वैज्ञानिकहरूले यसलाई इलेक्ट्रोन, प्रोटोन र न्युट्रोन बताउँछन्। समाधि मन्दिरमा ओशोको अस्थी चाँदीको कलशमा राखी स्थापना गरिएको छ। आध्यात्मिक साधकहरूको लागि ओशोको यो समाधि एउटा सघन ऊर्जा क्षेत्र हो भने पर्यटकहरूको लागि सुन्दर कलाकृतिको एक अनुपम नमुना। हालसम्म संसारमा जम्मा तीन स्थानमा ओशोको समाधि निर्माण भएको छ। पहिलो, भारतको पुनास्थित ओशो रिर्सोट जहा“ ओशोले सन् १९९० जनवरी १९ मा देहत्याग गरेपश्चात लाउत्सु हाउसको एक कक्षमा निर्माण गरिएको समाधि मन्दिरमा उहा“को अस्थी राखिएको थियो। तर, कालान्तरमा आएर पुना रिर्सोटका संचालकहरुले त्यहा“ कहिल्यै पनि ओशोको समाधि नभएको झूट जिकिर गरी समाधिको अस्तित्वलाई नै इन्कार गरिदिए। दोस्रो ओशोको समाधि निर्माण भयो ओशो तपोवनमा भने तेस्रो ठाउ“ हो पोखरामा अवस्थित ओशो उपवन कम्युन। नेपालका ओशो समाधि मन्दिरहरूको डिजाइन तथा निर्माण स्वामी आनन्द अरूणको अगुवाईमा भएको हो। 

ओशो समाधिको अर्को रहस्यमय विशेषता पनि छ। समाधिको शिलान्यासको बखतदेखि नै स्वामी अरूणले भनेका रहस्यपूर्ण शब्दहरू मैले सुनिरहेको छु कि प्रख्यात बुद्धिष्ट विद्धान नागार्जुन ओशोको समाधि बनेको स्थानमै बुद्धत्व पाएका थिए। साथै प्राचीन समयमा धेरै बुद्धिष्ट भिक्षुहरूको शरीर यही स्थानमा गाडिएको छ, त्यसैले यो समाधि क्षेत्र आध्यात्मिक रूपले सनातन ऊर्जा क्षेत्र हो। स्वामी आनन्द अरूणका अनुसार समाधि मन्दिरको उद्घाटन तिब्बती आध्यात्मिक गुरु दलाई लामाले समाधिको तस्बिरमा हस्ताक्षर गर्दै गरेका थिए। दलाई लामाले नार्गाजुनलाई आफ्नो गुरु मान्छन्। दलाई लामाले समाधिको उद्घाटन गर्दा अत्यन्त हर्षित हु“दै भनेका थिए कि भविष्यमा यस स्थानको महिमा अझ बढ्दै जानेछ।   

ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरूण पेशाले सिभिल इन्जिनियर हुन्। उनले ३५ वर्षदेखि बि.डि.ए. नामको इन्जिनियरिङ कन्सल्टेन्सी चलाइरहेका छन्। स्वामी अरूणको नेतृत्वमा बि.डि.ए.ले त्रिभुवन विश्वविद्यालय, आई.टी. पार्क, होटल शेर्पा, होटल याक एण्ड यति, पि.एन. क्याम्पस आदि प्रख्यात स्थानहरूको डिजाइन र निर्माण सुपरभिजन कार्य गरेको छ भने नेपालको खानेपानीको क्षेत्रमा बि.डि.ए.ले ठूलो योगदान पु-याएको छ।  

स्वामी अरूण ओशोको ध्यान योग र जीवन रूपान्तरणकारी शिक्षणका विश्वविख्यात प्रचारक पनि हुन् र संसारका अनेकौं देशहरूमा एक आध्यात्मिक गुरुको रूपमा आदर गरिन्छन्। उनी बेष्ट सेलिङ लेखक पनि हुन्। उनका पुस्तकहरू नेपाली, हिन्दी, अंग्रेजी, रसियन आदि भाषामा छापिएका छन्। उनको प्रथम नेपाली पुस्तक ‘सन्त दर्शन’ नेपाली धार्मिक आध्यात्मिक साहित्यको कोशेढुंगा नै सावित भएको छ। यो पुस्तकको आठौं संस्करण निस्कदा अठार हजार प्रति बिक्री भइसकेका छन्। स्वामी अरुणका अन्य नेपाली साहित्यिक कृतिहरूमा ‘सन्त गाथा’ र ‘अन्तर्यात्रा’ हुन् भने अंग्रेजी भाषामा ‘लोन सिकर मेनी मास्टर’, ‘पंचशील’, ‘इन वण्डर विद् ओशो’ प्रकाशित भएका छन्। उपरोक्त पुस्तक अमेजन अनलाइन सपिङमा समेत उपलब्ध छन्। ‘पंचशील’ हिन्दीमा समेत प्रकाशित भएको छ। स्वामी आनन्द अरूणका आध्यात्मिक लेखहरु नेपालका छापाहरूमा निरन्तर प्रकाशित हुन्छन् र हाल भारतका छापाहरूले पनि उनको लेखहरू प्रकाशित गर्न थालेका छन्। नेपाली टेलिभिजनको जगतमा पनि स्वामी अरुणले एक लोकप्रिय प्रवचनकारको छवि वनाएका छन्। अनलाइन टिभी र युट्युब च्यानलमा स्वामी अरूणका अन्तरवार्ता हप्तैपिच्छे आइरहन्छन्।

स्वामी आनन्द अरुणको संसारिक नाम अरूणकुमार सिंह हो।  पटनामा इन्जिनियरिङ पढ्दै गर्दा सन् १९६९ मार्च २९ मा युवा अरूणले ओशोलाई प्रथम चोटी भेटे र पहिलो भेटमै ओशो प्रति नतमस्तक भए। इन्जिनियरिङको पढाई पश्चात सन् १९७४ अक्टोबर ११ को दिन पुनाको ओशो आश्रममा सन्यास दीक्षा पाएपछि अरुणकुमार सिंह स्वामी आनन्द अरुण बने। उनी ओशोका प्रथम नेपाली शिष्य हुन्। सन्यासपछि स्वामी अरूणले ओशोको निर्देशनबमोजिम १९७४ डिसेम्बर २१ मा काठमाडौं ताहाचलको आफ्नो घरमा आशिष ध्यान केन्द्र स्थापना गरे। आशिष ध्यान केन्द्र नेपालको ओशो मुभमेन्टको उद्गम विन्दु र तीर्थस्थल हो। करीव ४५ वर्षअगाडि सुरु भएको नेपालको ओशो मुभमेन्ट हाल करिब ८० हजार दीक्षित शिष्यहरूसहित करिब ९० ध्यान केन्द्र, दश मध्यम साइजका आश्रम र तीन अन्तर्राष्ट्रिय कम्युनको रूपमा विस्तारित छ। स्वामी आनन्द अरूणले विदेशमा ६० भन्दा बढी ओशो केन्द्रहरू खोलेका छन्। स्वामी अरुणले स्थापना गरेको अमेरिकाको सान डिएगो स्थित ओशो निर्भाणा मेडिटेसन सेन्टर अहिले अमेरिकाको ओशो मुभमेन्टको केन्द्रविन्दु जस्तै बनेको छ। साहित्यकार, पत्रकार, कलाकार, राजनीतिकर्मी इन्जिनियर, डाक्टर, शिक्षक, विद्यार्थीमाझ स्वामी अरूण एक मृदुभाषी, सरल आध्यात्मिक अभियन्ता र बहुआयामिक व्यक्तित्वको रूपमा लोकप्रिय छन्। ओशो शिष्यबाहेक अन्य धार्मिक आध्यात्मिक परम्पराका अनुयायी, साधक तथा धर्मगुरुहरूसँग पनि स्वामी अरुणको हार्दिकताको सम्बन्ध छ। 

तपोवनको ओशो समाधि नजीक शिवपुरीबाबा मन्दिर निर्माण गरिएको छ। यहाँ मौन ध्यान गर्न उत्तम वातावरण छ। ‘सन्त दर्शन’ पुस्तक बिक्रीको रकमबाट मन्दिर निर्माण गरिएको हो। यति मात्रै होइन, स्वामी आनन्द अरूणले मन्दिरसँगै एउटा अद्भूत पार्क निर्माण गरेका छन्। त्यो हो मृत्यु पार्क। पार्कमा मृत्यु झल्काउने खालका केही कलाकृति राखिएका छन्। 

यस्तै खालको मृत्यु पार्क ओशो उपवन पोखरामा समेत निर्माण गरिएको छ। युरोप तथा अमेरिकाका केही व्यावसायिक लेखकहरूले ब्लग तथा अनलाइन पत्रिकाहरूमा यो मृत्यु पार्कको प्रशंसा गर्दै आलेख प्रकाशन गरेका छन्। स्वामी अरूण भन्छन्, ‘संसारमा अरु कुरा अनिश्चित भए पनि मृत्युचाहिँ निश्चित छ। हामीहरूले जीवनभर जम्मा गरेको धन, सम्पत्ति, इष्टमित्र, नातागोता, घरवार केही पनि मृत्युमा साथ जादैन, त्यसैले जीवन रहँदै यस्तो चिजको खोज गरौं जुन मृत्युले पनि हामीसँग खोस्न सक्दैन र हामीसँगै जान्छ, त्यो हो हामीले गरेको ध्यान पुण्य आदि। यही कुरा याद दिलाउन मृत्यु पार्क समर्पित छ।’ 

संवेदनशील व्यक्तिहरुको लागि मृत्यु पार्क जन्म–मरणको चक्रबाट मुक्तिको लागि साधनामा लाग्न प्रेरणा दिने स्थान बनेको छ। 

ओशो तपोवन अध्यात्ममा रुचि राख्ने संसारभरका साधकहरूको आस्थाको केन्द्र बन्न पुगेको छ। यहाँ आउने साधकहरू आचार्य स्वामी आनन्द अरूणको सानिध्यमा रही ध्यान, योग, भक्ति आदि सिकेर फर्कन्छन्। तनाव, डिप्रेसनलगायत समस्याबाट गुज्रिरहेकाहरू ध्यान, योग र सत्संङबाट लाभान्वित भई सामान्य जीवन जिउन थालेका छन्। यसरी ओशो तपोवन आध्यात्मको मात्र नभई जीवन रुपान्तरणको केन्द्र पनि बनेको छ। यो क्षेत्र प्रकृतिको छटाले भरिएको मनमोहक पर्यटकीय गन्तव्य हो। यहाँको प्राकृतिक सुन्दरता र आध्यात्मिक ऊर्जाले एकपटक यहाँ आउनेहरू पटकपटक आइरहन्छन्। ओशो तपोवन लाखौं मानिसहरूको लागि आध्यात्मिक रिचार्ज सेन्टर बनेको छ। 

ओशो तपोवनको विकास सहजै भएकोचाहिँ पक्कै होइन। केही कुखुराका खोरहरू तथा माछापोखरी भएको स्थान खरिद गरी सन् १९९० मार्च २१ ( वि.सं. २०४६ चैत ८ ) मा ओशो तपोवन स्थापना गरेपछि स्वामी आनन्द अरूण र उनका सहयोगीहरूले धर्तीमै स्वर्गको निर्माण गरिदिएका छन्।  स्वामी आनन्द अरुण र उनका सहयात्रीहरूको अनवरत साधनाले यो स्थान एउटा जीवित बुद्ध क्षेत्र बनेको छ। बुद्ध क्षेत्र भनेको यस्तो स्थान हो जहा“ साधकको लागि आध्यात्मिक ऊर्जा सघनरूपमा सहजै उपलब्ध हुन्छ।  आध्यात्मिक या धार्मिक पर्यटन एउटा यस्तो क्षेत्र हो, जसमा ओशो तपोवनले देशको लागि ठूलो सहयोग पु¥याएको छ भन्ने मलाई लाग्छ। ओशो तपोवनमा ध्यान सिक्न आउने हजारौं विदेशी र तिनीहरूले नेपाल प्रवासमा खर्च गर्ने मुद्राले नेपाली अर्थतन्त्रको केही भाग जरुरै ओगटेको छ। ओशो तपोवनको नेपाली पर्यटन क्षेत्रमा योगदानको उदाहरण यसबाट पनि पाउन सकिन्छ कि १० वर्षीय माओवादी द्वन्द्वकालमा जब नेपालमा विदेशी पर्यटकहरूको अनुहार हेर्न पनि लाल्टिन बालेर खोज्नुपर्ने अवस्था थियो तब पनि ओशो तपोवनमा ध्यान र योगमा रमाइरहेका विदेशीहरु सहजै भेटिन्थे। 

स्वामी अरुण बारम्बार भन्छन् कि पर्यटन यस्तो क्षेत्र हो जसलाई राम्ररी नेपालले मार्केटिङ गर्न सक्ने हो भने देशको लागि आम्दानी त हुने नै भयो, विदेश पलायन भइरहेको जनशक्तिले देशमै रोजगार पाई जनशक्ति पलायन रोक्न पनि टेवा पुग्न सक्नेथियो। 

विश्वका धनी देशहरूमा पनि ओशो तपोवनजस्तो व्यवस्थित र सुविधायुक्त सामूहिक आवासको अवधारणामा संचालित आध्यात्मिक केन्द्र हाल भेटिँदैनन्। ओशोको समयमा खुलेका संसारभरका कम्युन, आश्रम र ध्यान केन्द्रहरू लगातार बन्द भइरहेका छन्। यसका बापजुत नेपालजस्तो गरिब मुलुकमा पनि ओशो तपोवन जस्तो अन्तर्राष्ट्रिय स्तरको मौलिक कम्युन सञ्चालन भइरहेको छ  स्वामी आनन्द अरूण र नेपाली साधकहरुको मेहनत र परिश्रमको बलमा। संसारका विकसित र शक्तिशाली मुलुकमा गएर उनीहरूकै भाषामा प्रवचन दिँदै ध्यान र योग सिकाउँदै इज्जत र सम्मान पाउनु अनि विदेशीहरू उनीप्रति श्रद्धाले नतमस्तक हुनु नेपालीका लागि गर्व गर्न लायक विषय हो। 

लाखौं व्यक्तिको आस्थाको केन्द्र ओशो तपोवनले केही समयदेखि नेपालभित्र र बाहिरबाट संगठित प्रहार सहनुपरेको छ। हुन त यो प्रहारले तपोवन र स्वामी आनन्द अरूणको सफलता पनि प्रमाणित गर्छ। किनभने असफल संस्था र मानिसको खुट्टा कसैले तान्दैन। अध्यात्मको क्षेत्रमा ओशोको परमभक्त स्वामी आनन्द अरुणले  ध्यान र जीवन व्यवस्थापन विज्ञानका उच्चकोटीका प्रशिक्षक र मौलिक नेपाली गुरुका रुपमा नेपालको यस्तो गरिमा स्थापित गरिदिएका छन्, जुन गाथा आउने पुस्ताले पक्कै पनि युगौंयुगसम्म गाइरहनेछ।





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्रे बैंकको स्मार्ट बचत खातामा थप बीमा सुबिधा

माछापुच्छ्र्रे बैंकले स्मार्ट बचत खाता खोल्ने ग्राहकहरुलाई १० लाख सम्मको दुर्घटना बीमाको साथमा १८ जटिल प्रकृतिका रोगहरुको उपचारमा ३ लाख...

साधनाको एकीकृत कारोबार सुरु

साधनाको एकीकृत कारोबार सुरु

साधना लघुवित्त वित्तिय संस्थाले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्त गरी साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार प्रारम्भ गरेको...

बजार खुल्दा किन्नेको भिड

बजार खुल्दा किन्नेको भिड

साताको दुई दिन लगातार बढेको नेप्से परिसूचक तेस्रो दिन मंगलबार पनि बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार...

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसीको रक्तदान कार्यक्रम

आइसिएफसी फाइनान्स र ब्लुक्रस हस्पिटलको संयुक्त आयोजनामा विविध कार्यक्रम सञ्चालन भएको छ । ...

देवःको एकीकृत कारोबार सुरु

देवःको एकीकृत कारोबार सुरु

देवः विकास बैंकले वेस्टर्न डेभलपमेन्ट बैंक प्राप्त गरी एकीकृत कारोबार प्रारम्भ गरेको छ । ...

पानीमा कोकको सहयोग

पानीमा कोकको सहयोग

स्मार्ट पानी कम्पनीले बोर्टलस नेपालको सहयोगमा वर्षात्मा परेको पानी जम्मा गर्ने प्रणाली र जमिनमुनिको पानी रिचार्ज गर्ने प्रविधि कान्ति बाल...

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा मन पर्ने गितलाई रिंगटोन कसरी बनाउने ?

आइफोनमा रिंगटोन बनाउनका लागि केही साना तर झन्झटिला कार्यहरू गर्नु पर्ने हुन्छ | यस लेखबाट आइफोनमा आफूलाई मन लागेको गीतलाई...

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

अशोक लेलैन्डको मेगा मनसुन फ्री चेकअप क्याम्प

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेलैन्डले ‘मेगा मनसुन फ्री चेकअप क्याम्प’ सञ्चालनमा ल्याएको छ । ...

Ncell Footer Ad