८ वैशाख २०८१ शनिबार
अर्थ

नेपाल बिल्डकन अन्तरार्ष्ट्रिय प्रदर्शनी सुरु

काठमाडौं – नेपाल बिल्डकन अन्तरार्ष्ट्रिय प्रदर्शनी शुक्रबार सुरु भएको छ। तीनदिने प्रदर्शनमा तीन सयभन्दा बढी ख्यातिप्राप्त ब्रान्डका एक सय ५० भन्दा बढी स्टल राखिएको छ।

मिडिया स्पेस सोलुसन्सका प्रबन्धनिर्देशक सिर्जल भट्टराईका अनुसार यस वर्षको मेला भव्यरुपमा सुरु भएको छ। पाँचौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी मेला गत वर्षको भन्दा फरक हुने उनको दाबी छ। मिडिया स्पेस र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टले आयोजना गरेको मेलामा निर्माण कम्पनी, डिलर, सबडिलर, विक्रेताले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनबारे जानकारी गराउने छन्। मेलामा निर्माण सामग्री, निर्माण उपकरण, ठूला निर्माणका उपकरण (मेसिन), युपिभिसी प्रोफाइल, युपिभिसी विन्डो मेसिनरी, झ्याल र ढोका, बाथरुम फिटिङ, पाइप, टायल र खानेपानी सामग्री, पावर टुल्स, कंक्रिट ब्लक मेसिनरी, प्रिइन्जिनियरिङ बिल्डिङ आदि राखिएको भट्टराईले बताए।

प्रदर्शनीमा घर बनाउने व्यक्ति, निर्माण क्षेत्रमा काम गरिरहेका आर्किटेक्ट इन्जिनियर, कन्ट्र्याक्टर, बिल्डर तथा इन्टेरियर डिजाइनरको सहभागिता रहने छ। प्रदर्शनीको मुख्य उद्देश्य नेपालको निर्माण क्षेत्रमा नयाँ निर्माण सामग्री भिœयाउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका नयाँ प्रविधिलाई सहजै उपलब्ध गराउने रहेको छ। प्रदर्शनीले नेपालमा भइरहेका निर्माणसम्बन्धी कार्यबारेमा पनि जानकारी लिन सघाउने छ। मेला अवलोकन प्रवेश निःशुल्क गरिएको छ। आयोजकका अनुसार शुक्रबार नै अवलोकनकर्ताको उल्लेख्य उपस्थिति रह्यो। मेला ५० हजारले अवलोकन गर्ने आयोजक पक्षले जनाएको छ।

प्रदर्शनीले नेपालमा हाल भइरहेको समग्र निर्माण क्षेत्रको विकास, पुनर्निर्माण तथा आधुनिकीकरणमा टेवा पु¥याउने आयोजक पक्षले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। मेलामा विभिन्न कम्पनीले भवन निर्माणका लागि उत्पादन गरेका सामग्रीहरु राखिएको छ। मेलामा भारतको क्रिसा ह्वाइट ब्रिक्स कम्पनीको ब्लकहरु बजार प्रवद्र्धनका लागि राखिएको छ। भारतमा प्रसिद्ध रहेको उक्त ब्लक नेपालमा भवन तथा आधुनिक घर निर्माणका लागि उपयुक्त हुने सो कम्पनीले जनाएको छ। ब्लकहरु गुणस्तरीय रहेको कम्पनीको दाबी छ। मेलामा जगदम्बाको कंक्रिटो राखिएको छ। बंक्रिटो आधुनिक शैलीका भवन निर्माणका लागि उपयुक्त हुने सो कम्पनीले जनाएको छ।

प्रकाशित: २६ माघ २०७५ ०२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App