भेनेजुएला प्रकरण

नेकपामा चर्कंदै दाहाल- ओलीबीच जुहारी

शनिबार, २६ माघ २०७५, ०७ : १९ नागरिक

काठमाडौं - भेनेजुएलाको आन्तरिक राजनीतिमा अमेरिकाले हस्तक्षेप गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुुष्पकमल दाहालले कडा आलोचनासहितको वक्तव्य जारी गरेपछि त्यसलाई लिएर पार्टीमा मतभेद उत्पन्न भएको छ। भेनेजुएला प्रकरणमा नेकपाका दुई अध्यक्ष दाहाल र केपी शर्मा ओलीबीच दोहोरी चलिरहेको छ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीले बुधबार ‘जनतासँग प्रधानमन्त्री’ नामक टेलिभिजन कार्यक्रममा दाहालको वक्तव्यलाई ‘टङ स्लिप’ को रुपमा अथ्र्याएका थिए। त्यसको प्रतिक्रियास्वरुप अध्यक्ष दाहालले बिहीबार चितवनमा सञ्चारकर्मीसँग ‘भेनेजुएला प्रकरणमा आफूले जारी गरेको वक्तव्यलाई पार्टी सचिवालयले आधिकारिक भनिसकेको अवस्थामा एउटा व्यक्तिले के भन्छ भन्ने कुराको अर्थ नहुने’ बताएका थिए। एउटा व्यक्ति भनेर दाहालले प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष ओलीलाई संकेत गरेका हुन्। ‘जनतासँग प्रधानमन्त्री’ टेलिभिजन कार्यक्रममा ओलीले दाहाललाई अर्का अध्यक्ष नभनी ‘एकजना साथीले वक्तव्य दिनुभयो, त्यो आवश्यकता थिएन’ भनेका थिए।

दुई अध्यक्षको जुहारी चलिरहेकै बेला दाहालले शुक्रबार काठमाडौंमा एक पुस्तक विमोचन कार्यक्रममा सरकारको चर्काे आलोचना गरेका छन्। उनले आफ्नै पार्टी नेतृत्वको सरकारको कार्यशैलीको आलोचना गर्दै ‘हिँजो लडाइँमा सहभागी हुने, आन्दोलनमा सहभागी हुने र शान्तिप्रक्रियामा खुसियाली मनाउने प्रत्येकले एकचोटी निधार खुम्च्याएर सोच्नुपर्ने’ बेला आएको बताए। ‘सुशासन र समृद्धिका निम्ति शान्ति सम्झौता र संविधानमा उल्लेख गरिएका विषयको इमानदार कार्यान्वयन सबैको ऐतिहासिक जिम्मेवारी हो। यदि यसलाई हल्लाफुल्का रुपले लिइएको छ भने अब देशलाई धेरै गाह्रो पर्न सक्छ,’ दाहालले भने।

माओवादी सकिएको ठाने झन् ठूलो माओवादी र युद्ध निम्तिने चेतावनी

दाहालले संविधानलाई आत्मसात् गरेर ऐन बनाउने र ऐनलाई इमानदारी साथ कार्यान्वयन गर्न सरकार गम्भीर हुनुपर्ने बताए। उनले उपेक्षित र विभेदमा पारिएका सबैलाई सन्तुष्टि र उनीहरुलाई यो देशको मालिक बनियो भन्ने अनुभूति दिलाउने विषयलाई हल्का रुपमा लिए त्यसले दुर्भाग्य निम्त्याउने चेतावनी पनि दिए। ‘विस्तारै, विस्तारै माओवादीलाई सिध्याइहालियो भन्ने कसैले ठानेको छ भने अर्काे माओवादी जन्मिन्छ र झन् ठूलो लडाइँ हुने खतरा आउँछ,’ दाहालले भने।

दाहालले फेरि मधेसमा एक ढंगले र पहाडमा अर्काे ढंगले विकराल स्थिति उत्पन्न हुन सक्ने भन्दै हिजोजस्तै सजिलै १२ बुँदै र शान्ति सम्झौतामा हस्ताक्षर तथा सजिलै शान्तिपूर्ण माध्यमबाट युगान्तकारी परिवर्तनतर्फ लैजाने अवस्था नआउन सक्ने बताए।

दाहालले मन्तव्य व्यक्त गर्ने क्रममा संविधानले स्थानीय तह र प्रदेशको व्यवस्था जुन मर्मका साथ गरेको सोही अनुसार कार्यान्वयन हुँदै गएको छ त ? भन्ने प्रश्न गरे। ‘यसलाई विस्तारै कमजोर पारिँदै त छैन ? प्रदेशमा चाहे त्यो कानुनसम्बन्धी व्यवस्था होस् चाहे सुरक्षासम्बन्धी व्यवस्था होस्, चाहे आर्थिक बजेटसँग सम्बन्धित कुरा होस् या सबै व्यवस्था, हामी त्यहीं रुपमा अगाडि बढाउँदैछौं त ?’ दाहालको प्रश्न थियो।

दाहालले ‘स्थानीय तहको हकमा संविधानले जे जस्तो व्यवस्था गरेको छ, त्यसलाई फेजआउट गर्नेतर्फ त हामी गइरहेका छैनौं’ भन्दै यो निकै गम्भीर प्रश्न भएको बताए। उनले विस्तारै पुरानै संरचना र परिपाटीाई बलियो पार्नेतर्फ कदमहरु अघि बढेको पनि बताए। सामान्यतः सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा दाहालले सरकारको बचाउ गर्दै आएका थिए। भेनेजुयला प्रकरणमा जारी वक्तव्यले अर्का अध्यक्ष ओलीसँग जुहारीसँगै दुरी बढ्दै गएपछि दाहालले सरकारको आलोचना गर्दै पुनः माओवादीको उद्य हुनेसम्मको चेतावनी दिएका हुन्।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

हुण्डाई मनसुन योजना

हुण्डाई मनसुन योजना

हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेतालक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले मनसुन लक्षित आकर्षक योजनाहुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ । ...

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्धका कारण हुवावेलाई अर्बौ डलर घाटा

प्रतिबन्ध पछि हुवावेको आम्दानी ३० अर्ब अमेरिकी डलर कम हुने ...

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले  शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शैक्षिक मेला आयोजना गर्ने

नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले बृहत शैक्षिक मेला आयोजना गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष १३ औं संस्करण भव्यताका...

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा खड्काले र्‍याम्प तताइन

नेपाली अभिनेत्री स्वस्तिमा  खड्का, जो शोमा प्रभावशाली प्रस्तुतकर्ता (शोस्टपर) थिइन, उनले र्‍याम्पमा  हिड्दा ग्लामरको हिस्सानै बद्लिनमा आफ्नो भूमिका निभाइन ।

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

टि भी एस स्ट्राइकर मेलामा ग्राहक को भिड

नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले ग्राहक वर्गको हितलाई दृष्टिगत गर्दै  TVS Stryker मेला मा आउनुहोस सुपर...

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

पल्सर स्पोर्ट्स अवार्डलाई डिस मिडिया नेटवर्कको एक्शन स्पोर्ट्स  एचडी च्यानलको  सह–प्रायोजन

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष आयोजना गर्ने  बजाज पल्सर स्पोर्ट्स अवार्ड २०७५ लाई डिस मिडिया नेटवर्क लिमिटेडले...

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंक लिमिटेडको शाखा सुर्खेत र लम्कीमा

सिभिल बैंकले आफ्नो शाखा बिस्तारको क्रममा बीरेन्द्रनगरपालिकाको सुर्खेतमा र लम्कीचुहा नगरपालिकाको लम्कीमा शाखा संचालनमा ल्याएको छ । ...

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सद्वारा चितवनमा न्यू श्री गणेश इलेक्ट्रोनिक्स आउटलेट पुनः उद्घाटन

हिम इलेक्ट्रोनिक्सको चितवनस्थीत एक आधिकारिक डिलर न्यू श्री गणेश इलेक्ट्रोनिक्स १० वर्ष पुगेको उपलक्ष्यमा अझै परिष्कृत तथा सुविधा सम्पन्न रुपमा...