हुम्ला कर्णाली थुनिएको आशंका, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

शुक्रबार, २५ माघ २०७५, १८ : ५१ नगेन्द्र उपाध्याय

सुर्खेत - चीनको तिब्बत हुँदै बग्ने हुम्ला कर्णाली थुनिएको आशंका गरिएको छ। नाम्खा गाउँपालिकाको मुचु क्षेत्रमा पानीको बहाव घटेपछि तल्लो तटीय क्षेत्रका बस्तीका बासिन्दालाई सचेत रहन स्थानीय प्रशासनले अपिल गरेको छ। मुचु क्षेत्र चीनसँगको सिमाना हिल्सादेखि १४ किलोमिटर दक्षिणमा पर्छ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाले मुचुभन्दा तल्लो क्षेत्रमा पानीको सहत घटेको जानकारी आएको बताए। ‘हिउँले नदी थुनिएको हो वा पहिरोले थुनिएको हो भन्ने विषयमा अहिलेसम्म जानकारी आएको छैन्’ प्रजिअ ढुंगानाले भने, ‘मुचु क्षेत्रमा पानीको बहाव घटेको जानकारी आएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन अपिल गरिसकेका छौं।’ अत्याधिक चिसो र हिउँ वर्षाका कारण हिल्सा प्रहरी चौकी खाली छ। प्रजिअ ढुंगानाले दिउँसो दुई बजेदेखि पानीको सतह घटेको बताए।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले पानीको सहत घटेको जानकारी आएसँगै स्थानीय प्रशासनमार्फत तल्लो तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन अपिल गरिएको बताए। ‘मुचुभन्दा तल्लो तटीय क्षेत्रमा पानीको सतह घटेको जानकारी आएको छ, स्थानीय प्रशासन र स्थानीय तहमार्फत तल्लो तटीय क्षेत्रमा सचेत रहन अपिल गरेका छौं’ आन्तरिक मामिला मन्त्री भण्डारीले भने, ‘आवश्यक परेको अवस्थामा उद्धारकार्यकालागि सचेत रहन सबै प्रक्रिया अपनाएका छौं।’ हुम्लामा तीन दिनयता लगातार हिउँ परिरहेको छ। मुचु क्षेत्रमा छ फिटसम्म हिउँ परेको छ। 







यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

बाहिरी किबोर्ड र माउसहरू जोडेर तपाईंले आफ्नो एन्ड्रोइड स्मार्टफोन र ट्याब्लेटलाई कम्प्युटर जसरी नै प्रयोग गर्न सक्नुहुनेछ । ...

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

स्टडी प्लसले मलेसियन दूतावासको सहयोगमा भदौ ५ र ६ गते जमलस्थित एलो प्यागोडा होटलमा मलेसिया शैक्षिक मेलाको आयोजना गर्दै छ...

पुँजीबजारमा झिनो सुधार
क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा झिनो सुधार क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा बुधबार झिनो बिन्दुको सुधार देखिएको छ । यस दिन नेप्से ०.४२ बिन्दुले बढेर १२१४.०५ बिन्दुमा पुगेको छ । ...

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच डिबेन्चर निष्कासन सम्बन्धी सम्झौता भएको छ । ...

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंकले नेपाल पर्यटन वर्ष २०२० लाई सफल पार्न निजी क्षेत्रको पूर्वतयारीको रूपमा ललितपुरमा रहेका नयाँ पर्यटकीय गन्तव्यको पहिचान एवं...

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक (इबिएल)ले नेसनल प्राइभेट एन्ड बोर्डिङ स्कुल एसोसिएसन नेपाल (एन प्याब्सन)सँग सम्बन्ध विस्तार गर्दै इबिएलका सेवा नेसनल प्याब्सनका सदस्य...

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभु बैंकले झापाको दमक नगरपालिकास्थित मालपोत कार्यालय र इलाम मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सले ‘महापर्वको रंगोत्सव’ योजना पुनः ल्याएको छ । ...

Ncell Footer Ad