coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
भिडियो

सिक्का जम्मा गरेर धनी बनेका गम्भीरध्वज (भिडियाे)

काठमाडाैं - ६५ वर्षीय गम्भीरध्वज जोशीले वसन्तपुरको लक्ष्मीनारायण मन्दिर तल सिक्का व्यापार थालेको ५० वर्ष बढी भैसक्यो। नेपाल बैंक सुरु हुनु अघि विदेशी लाहुरेहरु उनको पसलमा पैसा साट्न आउँथे।

उनका बाबुले सुम्पिएको पसलमा लिछ्विकालिन देखि लिएर अहिलेसम्म चलन चल्तीमा रहेका पैसाहरु प्राप्त गर्न सकिन्छ। बाल्यकालदेखि नै सिक्का र पैसा जम्मा गर्ने बानी मनपराउने जोशीको पछि इलम नै यही हुन पुग्यो। “पहिलेको पैसाको बनावट र कालिगढ राम्रो थियो तर अहिलेको पैसामा त्यस्तो देख्न पाइँदैन” जोशी गुनासो पोख्छन्।

आफ्नो जवानी यसैमा विताएका गम्भीरध्वजलाई यो पेशाबाट कहिल्यै दिक्क लागेन। आफुले देशको इतिहास बचाउने र पाठपुजामा सिक्का पैसा धेरै चाहिने भएकोले आफुले धर्म गरेको जस्तो लाग्ने उनी बताउँछन्।

यस्ता पुराना पैसाले नेपालको प्राचिन इतिहास जोगाउन मद्दत गरेको छ र त्यो इतिहास जोगाउन लागिपरेका एक व्यक्ति हुन्, गम्भीरध्वज जोशी।

 

प्रकाशित: २५ माघ २०७५ १२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App