७ वैशाख २०८१ शुक्रबार
खेल

आठौं राष्ट्रिय खेलकुद यसै वर्ष हुन्छ : सदस्य सचिव विष्ट

काठमाडौं - राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टले आठौं राष्ट्रिय खेलकुद २०७५ सालमै हुने बताएका छन्। राखेप अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले प्रकाशन गरेको पुस्तक विमोचन कार्यक्रममा शुक्रबार सदस्य सचिव विष्टले उक्त कुरा बताएका हुन्।

'आठौं राष्ट्रिय खेलकुद हुन्छ की हुँदैन भन्नेमा कसैले द्विधा नराखे हुन्छ। आठौं राष्ट्रिय खेलकुद २०७५ सालमै हुन्छ। कुनै हालतमा रोकिन्न।’ सदस्य सचिव विष्टले भने। आठौं राष्ट्रिय खेलकुदका लागि जिल्ला छनोट भइसकेको उनले बताए। 'पूर्वाधार निर्माणका काम तीव्र गतिमा अगाडि बढी रहेको छ। नेपाल सरकार, खेलकुद मन्त्रालय र राखेप आठौं राष्ट्रिय खेलकुद गर्नेमा प्रतिबद्ध छ। प्रदेश छनोटको मिति पनि तोकीसकेका छौं। आठौं राष्ट्रिय खेलकुदसंग सम्बन्धित अन्य धेरै कुरा अगाडी बढी सकेका छन्। अलिकति तिथि मितिमा तल माथि होला। तर, आठौं राष्ट्रिय खेलकुद यसै वर्ष हुन्छ। सबै ढुक्क भए हुन्छ।’ उनले भने।

प्रकाशित: २५ माघ २०७५ ११:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App