८ वैशाख २०८१ शनिबार
समाज

मनकामना अस्पतालमा तोडफोड

चितवन - उपचारको क्रममा बिरामीको मृत्यु भएपछि भरतपुरमा रहेको मनकामना अस्पतालमा तोडफोड भएको छ। अस्पतालमा उपचारका लागि ल्याइएका बिरामीको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले अस्पताल तोडफोड गरेका हुन्। शुक्रबार रुखबाट लडेर घाइते भएका भरतपुर महानगरपालिका वडा नम्बर ९ का ४० वर्षीय कृष्णप्रसाद भुसाललाई उपचारका लागि मनकामना अस्पताल लगिएको थियो।

विहान ११ः५० बजे उपचारका लागि अस्पताल ल्याइएका भुसालको सवा एक बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए। उपचारमा लापरबाही भएको भन्दै आफन्तले अस्पतालमा तोडफोड गरेका हुन्। तोडफोडबाट अस्पतालमा रिसेप्सनको सिसा फुटेको छ। कागजपत्र च्यातिएका छन्।

तोडफोडबाट करिब एक लाख रुपैयाँ बराबरको क्षती भएको रेग्मी बताउँछन्। प्रहरीले घटनामा संलग्न भएको आरोपमा ६ जनालाई नियन्त्रणमा लिएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रवक्ता रेग्मीले बताए।

प्रकाशित: २५ माघ २०७५ ११:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App