coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बलात्कार आरोपमा एक जना पक्राउ

रुकुम - जबरजस्ती करणी आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। रुकुम (पश्चिम) को आठबीसकोट नगरपालिकाबाट जबरजस्ती करणी अभियोगमा एकजनालाई पक्राउ गरिएको हो।

नगरपालिकाको १० झिन्चौर का २० वर्षीय विकाश भनिने मनबिर मल्ललाई  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए।

मल्लले गत २२ गते राती सोही नगरपालिका ९ सातपाखाकी १६ वर्षीया एक बालिकालाई बलात्कार गरेको उनले जानकारी दिए। पीडितले प्रहरी समक्ष दिएको उजुरीका आधारमा मल्ललाई गत २३ गते पक्राउ गरिएको डिएसपी खड्काले बताए। पक्राउ परेका मल्ल विरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरी प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनको बताए। 

प्रकाशित: २५ माघ २०७५ १०:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App