भारतीय राष्ट्रपतिको भ्रमण तयारी

बिहिबार, २० असोज २०७३, ०७ : ५१ नागरिक

काठमाडौं- सरकारले तिहारलगत्तै नेपाल आउन लागेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीको जनकपुर, पोखरा र लुम्बनी भ्रमण तयारी सुरु गरेको छ । करिब दुई दशकपछि हुन लागेको भारतीय राष्ट्रप्रमुखको राजकीय भ्रमणक्रममा जानकीको जन्मभूमि जनकपुर, पर्यटकीय नगरी पोखरा र गौतम बुद्धको जन्मस्थल लुम्बिनी लैजाने गरी तयारी भइरहेको परराष्ट्र मन्त्रालयको उच्च स्रोतले जनाएको छ ।

‘काठमाडौंको अतिरिक्त जनकपुर, पोखरा र लुम्बिनी भ्रमण गराउने तयारी भइरहेको छ,’ परराष्ट्र मन्त्रालयका उच्च स्रोतले भन्यो, ‘विस्तृत रूपमा तालिका भने निर्माण भइसकेको छैन ।’

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा भारतीय राष्ट्रपति मुखर्जी तीनदिने राजकीय भ्रमणमा कात्तिक १७ गते नेपाल आउन लागेका हुन् । तीनदिने भ्रमणक्रममा उनले नेपालमा महŒवपूर्ण राजनीतिक भेटघाटसमेत गर्ने छन् ।

राष्ट्रपति भण्डारीको भारत भ्रमणपछि भारतीय राष्ट्रपति मुखर्जीले नेपाल भ्रमण गर्ने भनिए पनि भण्डारीको भ्रमण अचानक स्थगित हुँदा दुवै भ्रमण अन्योलमा परेका थिए ।

यसैबीच नेपालका लागि भारतीय राजदूत रञ्जित रेले भारत–नेपाल उच्चस्तरीय भ्रमणले सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे । ‘३५–३६ वर्षको कूटनीतिक जीवनमा नेपालमा जस्तो उच्चस्तरको सम्बन्ध कुनै देशसँग देखेको छैन,’ रिपोर्टर्स क्लबले आयोजना गरेको अन्तरक्रियामा उनले भने ।   






यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

सोल्टिमा भारतीय मुघ्लाई "फूड फेस्टिभल"

मुघ्लाई खानका पारखीहरुलाई लक्षित गर्दै सोल्टी होटेलले मुघ्लाई फूड फेस्टिवलको आयोजना गरेको छ। उक्त फूड फेस्टिवल यहि श्रावण ३१ देखि...

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा उत्कृष्ट सेल्फी क्यामरा भएको स्मार्टफोन !

सबैभन्दा राम्रो फोटो खिच्ने मुख्य क्यामरा भएको र सबैभन्दा राम्रो सेल्फी खिच्ने सेल्फी क्यामरा भएको स्मार्टफोन! ...

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकको शाखा विस्तार

महालक्ष्मी विकास बैंकले सुनसरीको धरान उप–महानगरपालिका वडा नम्बर–९, पुतलीलाइनमा शाखा विस्तार गरी बैंकिङ कारोबार सुरु गरेको छ । ...

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

दसैंमा केएनपीले फेरि ल्यायो रंगमा दंग

जापानको सर्वोत्कृष्ट हेल्थी होम पेन्ट केएनपीले दसैंको शुभ अवसर पारेर पुनः एक पटक ‘रंगमा दंग’ योजना सार्वजनिक गरेको छ ।

बेलुन उडानको बुकिङ्ग सुरु

बेलुन उडानको बुकिङ्ग सुरु

वर्ष २०२० लाई लक्षित गरि गत वर्षदेखि व्यवसायिक उडान सुरु गरेको बेलुन नेपालले यो वर्षको पर्यटकीय सिजन सुरुसँगै आगामी सेप्टेम्बर...

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

कलैयामा माछापुच्छ्रेको १३०औं शाखा

माछापुच्छ्रे बैंकले कलैया उपमहानगरपालिकामा–१ मा नयाँ शाखा मंगलबारदेखि सञ्चालनमा ल्याएको छ । ...

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

रोजगार व्यवसायीलाई सेञ्चुरी बैंकको  ग्यारेन्टी

सेञ्चुरी कमर्सियल बैंकले विपे्रषणसँग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीलाई बैंक ग्यारेन्टी सुविधा दिने निर्णय गरेको छ । ...

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

जिएसएमए र एनसेलद्वारा ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीहरुको छाता संगठन जिएसएमए (जिएसएमए एसोसियसन) ले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्ट अपहरुका लागि एक दिने ‘स्टार्ट...

Ncell Footer Ad