coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

स्वयंसेविका : ईटाले हानेर खेदे । धेरै जसोले कण्डम माग्छन् ।

२५ वर्ष अघि गाँउघरमा स्वयंसेविकाको अवस्था कस्तो होला रु अहिले पनि नेपालका दूर्गम गाँउघरमा छोरीहरू बाहिर एक्लै निस्कने भन्दा अग्नी परिक्षा नै दिनुपर्दछ भने छोरी, बुहारी स्वयंसेविका बन्छु भन्दा कस्तो परिस्थती आउथ्यो होला । यि कुराहरु हामी कल्पना मात्र गर्नसक्छौ । लिला मुडबरी (४७), नुवाकोट वडा न ३ मा बस्छीन् । लिलाले विसं २०५० सालमा स्वयंसेविकाको १५ दिने तालिम लिएर शुरू गरेकी थिइन् । २५ वर्ष अगाडी नुवाकोट जिल्लाको विकटता सम्झदा अहिले पनि उनीलाइ  आफ्ना दुःखका दिनहरू सम्झना आँउछ । स्वयंसेविका बन्दा गाँउघरमा फलानाकी बुहारी बिग्री । फलानाकी श्रीमती बिग्री धेरै सुनिन् तर यो सेवा छोडिनन् । पैसा नआउने भए पनि आफुुले धेरै काम र व्यवहार सिकेकोमा गर्व गर्छिन् । अहिले यिनीले वर्षको ६ हजार ९ सय साठी रूपैयाँ पाउछिन् । 
लिलासँगैका दुई जना दौतरी स्वयंसेविका अहिले पनि छन् । देबकी मुडबरी र भगवती लिलाका साथी हुन् । स्वयंसेविकाहरूले कार्यक्रम भएमा मात्रै कहिले काहि भत्ता पाउछन् । सेवा भावले काम गर्नुपर्ने । त्यही भएर पनि त्यो समय गाँउमा महिला स्वयंसेविका खोज्दा पनि पाइदैनथ्यो । लिलाले आफ्नो अनुभव सुनाइन् । देबकी, लिला र भगवतीले स्कुलको मुख देखेनन् तर स्वयंसेविकाको तालिमले यिनीहरुलाइ धेरै कुराहरू सिकाएको देबकीले बताइन् । तिनै जनाले प्रौढमा गएर नाम लेख्न सिकेका हुन् । देबकी, भगवती र लिलाका छुट्टै छुट्टै वडाहरु रहेका छन् । अहिले नामको मात्रै बाटो पुगे पनि आवश्यक परेको बेला घरको सबै काम भ्याएर गाँउ–गाँउमा पुग्छन् । 
देबकीका पनि छोराछोरी हुर्कीसकेका छन् । अहिले केहि सहज भएको छ । घरमा सबै काम सकेर, सासु, ससुरा र श्रीमानलाइ रिझाएर स्वयंसेवीको भुमिका निभाउन पुग्नु अब दिनचर्या भैसकेको छ । दूर्गम भेगका महिलाहरु सहजै अस्पताल सम्म जान सक्दैनन् । त्यसैले पनि स्वयंसेविकाहरु यिनीहरूका बाटो हेरी बस्छन् । स्वयंसेविकाहरू अहिले धेरै जसो स्थानिय महिलाहरुले अस्थायी साधनमा कण्डम, पिल्स ल्याइदिन अनुरोध गर्ने गरेको बताउछन् । पहिला आफुलाइ चाहिने अस्थायी साधनहरुका बारेमा पनि महिलाहरु भन्न सक्दैनथ्ये । पहुँच भएकाहरू काठमाण्डौ आउने र आर्थिक अवस्थाले नभ्याउने महिलाहरुका लागि अहिले पनि स्वयंसेविका नै भगवान छन् । 
नेपालमा विसं २०४६ सालबाट महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम शुरु भएको हो । अहिले देशमा ५२ हजार जना महिला स्वास्थ्य स्वयंसेविका छन् । देशका ग्रामीण तथा सहरी क्षेत्रमा गरी जम्मा ५१ हजार भन्दाबढी महिला स्वास्थ्य स्वयंसेविका सेवारत छन् । भिडियो सहित...

प्रकाशित: २५ माघ २०७५ १०:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App