coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

वैदेशिक रोजगार : ४ मुलुक नेपालीको रोजाईमा

फाइल तस्बिर

काठमाडौं– कामको खोजीमा विदेश जाने नेपाली युवाका रोजाईमा चार मुलुक पर्ने गरेका छन्। श्रम रोजगार तथा सामाजिक सुुरक्षा मन्त्रालयले गरेको अध्ययन प्रतिवेदनले यस्तो तस्बिर देखाएको हो।

मन्त्रालयका सचिव महेश प्रसाद दाहालको संयोजकत्वमा बनेको कार्यदलले गरेको अध्ययनले कामका लागि विदेश जाने युवाको ८७ दशमलव ४ प्रतिशत मलेसिया, कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स जाने गरेको देखाएको छ। यी मुलुकबाट वार्षिक रुपमा रुपमा ५० प्रतिशत भन्दा बढी विप्रेषण नेपाल आउने गरेको छ।

२०१७ मा यी मुलुकमध्ये सबभन्दा बढी विप्रेषण साउदी अरेबिया (८८ करोड ७४ लाख अमेरिकी डलर) बाट प्राप्त भएको थियो। कतार दोस्रो (७६ करोड ७० लाख अमेरिकी डलर) मा थियो। यस्तै, मलेसिया (६७ करोड ५ लाख) र यूनाइटेड अरब इमिरेट्स तेस्रो (६६ करोड ८३ लाख) मा रहेको छ।

प्रतिवेदन भन्छ, ‘गन्तव्य मुलुकको आर्थिक स्थिती, गन्तव्य मुलुकमा अन्य मुलुकबाट आउने श्रमिकसंग नेपाली श्रमिकको प्रतिस्पर्धी क्षमता आदीका कारणले विदेशी बजारमा नेपाली श्रमिकको मागलाई असर गर्ने हुँदा विप्रेषणको आकार र देशगत अंशमा समेत तलमाथि हुने गर्दछ।’ लामो प्रक्रियाका कारण नेपाली युवा सजिलै जान नसक्ने अमेरिकाबाट मात्रै एक चौथाई विप्रेषण आउने गरेको छ।

अदक्ष र अर्धदक्ष कामदार भएका कारण नेपाली श्रमिकले एक पटकमा दुई सय अमेरिकन डलर भन्दा कम विप्रेषण पठाउन गरेको अध्ययनले देखाएको छ। यहीँ पैसाले धेरै नेपाली परिवारको दैनिक खर्च चल्दै आएको छ। कमका लागि विदेशिएका नेपालीमध्ये ७४ दशमलव पाँच प्रतिशत कामदार अदक्ष रहेका छन्। एक प्रतिशत मात्र दक्ष छन् भने २४ दशमलव पाँच प्रतिशत अर्ध–दक्ष कामदार रहेका छन्।

प्रकाशित: २५ माघ २०७५ ०८:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App