coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सत्र किलो चरेशसहित एक जना पक्राउ

फाइल फाेटाे

रुकुम - रुकुम (पश्चिम) ठुलो परिमाणमा अवैध आगुऔषध चरेशसहित एक जनालाइ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँफिकोट गाउँपालिका ८ दुलीका ४४ वर्षीय जयराम खत्री रहेका छन्। प्रहरीले  खत्रीलाई १७ किलो ५ सय ग्राम चरेशसहित पक्राउ गरेको हो।

पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काका अनुसार गोप्य सूचनाको आधारमा गाउँबाट विक्रि गर्ने तयारी गर्दै गर्दा बाँफिकोट गाउँपालिका ६ मग्मामा खत्री पक्राउ परेका हुन्। कारोबारमा संलग्न अर्का एक जना भने फरार रहेका छन्।

 भे ३ प २८८० नम्बरको पल्सर मोटरसाइकल पनि नियन्त्रणमा लिइएको बताइएको छ। उक्त मोटरसाइकलको पछाडी राखेर आगुऔषध  चरेश ल्याइएको प्रहरीको भनाई छ। पक्राउ परेका व्यक्तिलाई मुद्दा दर्ता गरेर प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरको डिएसपी खड्काले बताए।

उनका अनुसार जिल्लामा यो वर्ष अहिलेसम्मकै ठुलो परिमाणको लागुऔषध फेला परेको हो। जिल्लामा अन्य घटनाहरु हुने गरेको भएपनि लागुऔषधका घटनामा भने केही कमी आएको छ।

प्रकाशित: २५ माघ २०७५ ०७:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App