मिथिला कलामा विगत र वर्तमान

शुक्रबार, २५ माघ २०७५, १० : ४० चाँदनी हमाल

काठमाडौं - सन १९७० को दशकमा उनी तराईबाट राजधानी छिर्दा आफ्नी आमासँग पशुपति दर्शन गर्न पुगेका थिए। पशुपतिमा बाँदरको हुल देखेपछि उनको मानसपटलमा ‘पशुपति’ सम्झने माध्यम जवान हुँदासम्म ताजै थियो। तर उनी कलाकार बनेर राजधानी छिरेर पशुपति पुग्दा ७० को दशकको बाँदरको हुल हेर्न पाएनन्। बाँदर हेर्न नपाए पनि उनले सडकबाटै टलक्क टल्केका सुनौला छानालाई दर्शन गरे।

सन् २०१६ मा पन्ध्रौं एकल कला प्रदर्शनी गर्दासमेत उनले त्यो पशुपति र यो पशुपतिको कथा लेख्न सकेनन्। तर यसपटकको १६ औं प्रदर्शनीमा उनी अर्थात कलाकार एस.सी. सुमनले विगत र वर्तमानको सोचलाई मिथिला कलामा उतारे। यसपटकको ‘मिथिला कसमस–सङ्स अफ इन्नोसेन्स एण्ड एक्सपेरियन्स’ शीर्षकको कला प्रदर्शनीमा उनले मिथिला कलाको इमान र अनुभव संगालेका छन्।

नराम्रो नहेर्नु, नराम्रो नसुन्नु र नराम्रो नबोल्नु भन्ने अहिंसाको बोलीलाई मैले पशुपतिको त्यो बेलाको चित्रमा उतारें । वर्तमानको पशुपतिको सोचलाई कलात्मकता दिएर प्रस्तुत गरें ।

महात्मा गान्धी, गौतम बुद्ध र विवेकानन्दलाई प्रेरणाको स्रोत मान्ने सुमनले पशुपतिमा उतिबेला देखेका बाँदरलाई गान्धीको सोचमा बदले। ‘नराम्रो नहेर्नु, नराम्रो नसुन्नु र नराम्रो नबोल्नु भन्ने अहिंसाको बोलीलाई मैले पशुपतिको त्यो बेलाको चित्रमा उतारें,’ उनले भने, ‘वर्तमानको पशुपतिको सोचलाई कलात्मकता दिएर प्रस्तुत गरे।’ पशुपतिको भित्री दृश्य, त्यहाँको हरियालीलाई उनले कालो, सेतो, सुनौलो, निलो, हरियो, बैजनी रङको मिथिला शैलीमा देखाएका छन्।

सुमनको कलालाई नियालेकी अमेरिकी मानवशास्त्री डायना फक्सले सुमनको कलामा परम्परागत र समसामयिक कलाको मिश्रण पाइन्। ‘धेरै नै सुन्दर र कलात्मक छन्,’ उनले भनिन्, ‘सुमनले गम्भीर ढंगबाट परम्परागत र आधुनिक सोचलाई प्रस्तुत गरेका छन्।’ अर्का एक विदेशी दर्शकले सुमनको कला पुनः हेर्न पाउँदा खुशी लागेको बताए।
सुमनले आफ्ना मिथिला कलामा पशुपतिसँगै गुहेश्वरी भगवतीको शक्तिका रातो र पहेलो रङहरूलाई स्थान दिएका छन्। उनले जीवन र जगतका विषयलाई दर्शन र भावसँगै मिथिला सोचमा ढालेका छन्। रूख र जीवजीवात्मामा निर्भर मानिस वा जीवजन्तु सबैको स्रोतको संरक्षण हुनुपर्छ भन्ने सोचाई राख्ने सुमनले चुरेमा २५ लाख रूख विकासका लागि मासिदैछ भन्ने सुनेपछि उनी निकै विचलित भए। त्यही कारण उनले सबैको संरक्षणसँगै विकास पनि हुनुपर्छ भन्ने सोच राखेर त्यही भावलाई चित्रमा प्रस्तुत गरे। महिना दिन लगाएर बनाएको रूख, जीव, किटपतंगको संरक्षणको सन्देश दिने चित्र दर्शकका लागि आकर्षण बनेको छ। उनले रूख विरुवा नभए तराईको अन्न भण्डार सुक्ने संकेत गर्दै एसओएस  बालग्रामका विद्यार्थीले बनाएको कलात्मक भाडामा तराईमा उत्पादित अन्नलाई बिम्बात्मक रूपमा प्रस्तुत गरेका छन्।

उनले कलामार्फत वातावरण चक्र नै नष्ट हुने गरी भन्दा पनि संरक्षण गरेर मानवीय विकास हुनुपर्छ आवाज उठाएका छन्। विगत ४० वर्षमा जंगल मासेर सहर बनेपछि खाद्यान्नसँगै पानीको अभावले राजधानी र तराई तड्पिएको जनाउँदै त्यो दोहन हट्नुपर्ने आक्रोश उनका चित्रमा देखिन्छ।

सुमनले चित्रमा बुद्धको आकृतिभित्र भगवान् विष्णुका दस अवतारलाई दर्शाउँदै काठमाडौंको बहुधर्मी र बहुभाषिक समाजको कल्पना गरेका छन्। उनले राजधानीमा नेवार समुदायको संस्कार र संस्कृतिसँग मिथिला संस्कार मिसिएको दाबी गरे। ‘त्यही घरमा नेवारको ढोकामा लखु (पौभा आकृति) टाँसिएको थियो’, उनले सुनाए, ‘त्यही घरमा मेरी छोरीको बिहे हुँदा मिथिलाको कोवँर कोरिए। अहिले पनि मलाई त्यो नोस्टाल्जियाले छाडेको छैन।’ सुमनले गौरी पूजादेखि छोरीको विदाई हुँदासम्मको कथालाई नेवारी परम्परासँग जोडेर चित्रमा सम्झिएका छन्।

आफु बस्दै गरेको स्वयम्भु क्षेत्रलाई उनले ऐतिहासिक सम्पदासँगै जीविकोपार्जन र व्यापारिकरणसँग मिथिला आकारमा जोडेका छन्। यो चित्रले उनीहरू एकअर्काको छाता बनेर कसरी संरक्षण गरिरहेका छन् भन्ने देखाउँछ। पहिले र अहिलेको कीर्तिपुर डाँडालाई समेत उनले हरियाली र कंक्रिटकरणको आवरणमा कलात्मक बनाएका छन्। ‘लिभिङ टुगेदर’ शीर्षकको चित्रमा आफुले चित्र कोर्दै गर्दा आएको परेवासँगको सामिप्यतालाई देखाएका छन्। उनले तराईमा छँदा परेवा मारेर खाए पनि यतिबेला आफैसँग परेवा घुलमिल हुन थालेपछि परिवारले नै परेवा मार्ने काम बन्द गरेको खुलाए।

उनले रूख, जनावर, धर्मका भावसँगै चित्रका कोणमा रोमाञ्चकता थपेका छन्। कतै सर्पको चुम्बनको आकृति त कतै आलिंगनमा बाँधिएका आकृति, कतै खुशी र सुखका आकृतिले मानव स्वभावसँगै प्राकृतिकपनले रंगीन बनेका छन्। मिथिला रङसँगै उनले फूल, गोबरलगायतको प्राकृतिक रङमा नेपाली कागज र पेन्टिङ कागजमा कुची चलाएका छन्।
बुधबारदेखि राजधानीको बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा सुरु भएको कला प्रदर्शनी फेब्रुअरी २३ सम्म चल्नेछ। प्रदर्शनीमा २९ वटा कलाकृति छन्।






यसमा तपाईको मत

अन्य समाचार

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

हामा आईरन एण्ड स्टीलतर्फबाट निर्मल पूर्जालाइ बधाई तथा शुभकामना व्यक्त

निर्मल पूर्जा, ‘निम्स दाई’ ले यस भन्दा अगाडी पनि पर्वतारोहणका सम्बन्धमा अनेक विश्व किर्तिमान पनि आफ्नो नाममा लेखाएका छन् ।

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल (भिडियो)

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल (भिडियो)

'काश्मिरका स्वादहरू' फूड फेस्टिवल १२ देखि २४ नोभेम्बरसम्म अल्फ्ट काठमाण्डु ठमेलमा चलिरहेको छ। ...

सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

सिटी एक्सप्रेसद्वारा मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण

सिटी एक्सप्रेस ग्रुपद्धारा सामाजिक उत्तरदायित्व अन्तर्गत मानव सेवा आश्रमलाई १२०० थान ज्याकेट हस्तान्तरण गरिएको छ। ...

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

नेपाल टेलिकमको बल्क एसएमएस सेवा

नेपाल टेलिकमले एकैपटकमा धेरैजनालाई एकै प्रकारको सन्देश पठाउन मिल्ने बल्क एसएमएस सेवा उपलब्ध गराएको छ । ...

सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

सेवा सुविधामा छुटसम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी तीनकुनेबीच सेवा सुविधामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

सेलपेको दोस्रो चरणको स्टल एक्टिभेसन सुरु

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी सेलपे सेवाले दोस्रो चरणको स्टल एक्टिभेसन सरु गरेको छ । ...

कुसोममा एनआइबिएल

कुसोममा एनआइबिएल

नेपाल इन्भेस्टमेन्ट बैंकले ललितपुरको बालकुमारीस्थित काठमाडौं स्कुल अफ म्यानेजमेन्टमा विस्तारित काउन्टर खोलेको छ । ...

“पल्सर डेयर भेन्चर ४” अब नोभेम्बर १६ तारिकबाट शुरु

“पल्सर डेयर भेन्चर ४” अब नोभेम्बर १६ तारिकबाट शुरु

बजाज मोटरसाइकलका अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. ले “पल्सर डेयर भेन्चर सिजन ४” रिफ्रेसड बाई स्प्राईट  लिएर आएको...

Ncell Footer Ad