coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

‘जनताको समस्यामा केन्द्रित भएको छु’

रामेश्वर ध्वजू वडा अध्यक्ष सूर्यविनायक नगरपालिका वडा नं ६

जनप्रतिनिधि भएर आएपछि के के काम गर्नुभयो ?
निर्वाचित भएर आएपछि सबै काम जनताको हितलाई हेरेर नै गरिराखेका छौं। यस वडाका बाटोघाटो बनाउने काम गरिआएका छौं। साथै खानेपानीको सुविधालाई पनि ध्यान दिँदै आएका छौं। साथै ढलनिकासका कार्य पनि गर्दैछौं। सबै नगरपालिकाको समस्या फोहोरमैलाको पनि हामीले व्यवस्थित गर्ने योजना छ।

वडाका समस्या के के हुन् ?
वडाको एउटा मुख्य समस्या फोहोरकै छ। अर्को भनेको बाटोको समस्या। यस वडामा बाटो विस्तार गर्दा मापदण्ड छोड्ने विषयमा पनि समस्या नै भइरहेको छ।

फोहोरको समस्यालाई न्यूनीकरण गर्न केही गर्नुभएको छ ?
फोहोर भने घरघरबाट दिनदिनै निस्कने गर्छ। धेरै गलैंचा कारखाना भएका कारण पनि धेरै फोहोर निस्कने गर्छ। यसलाई न्यूनीकरण गर्न हप्ताको प्रत्येक बिहीबार सफा गर्ने जनचेतनामूलक काम गरी आएका छौं।

सडक विस्तारको मापदण्डलाई कसरी लैजाने योजना छ ?
सडक विस्तार मापदण्डको नियम वडाले बनाएको छ। त्यसैलाई आधार मानेर हामीले काम गरिआएका छौं। वडाको नियमअनुसार मापदण्ड अनुसार घर बनाउन लगाउँदै आएका छौ।

भक्तपुरको सूर्यविनायक चोक अस्तव्यस्त छ। यसलाई व्यवस्थित गर्ने योजना के छ ?
सूर्यविनायक चोक सूर्यविनायक नगरपालिकाको मुटु हो। अहिले हामीले सूर्यविनायक चोकलाई  पहिलाभन्दा व्यवस्थित बनाउने सोच रहेको छ। यसका लागि हामीले सूूर्यविनायक चोकमा फुटपाथ हटाउने योजना बनाएको छौं। साथै सूर्यविनायक चोकमा नै सामुदायिक स्वास्थ्य केन्द्र खोल्न योजना छ। त्यस्तै सूर्यविनायक चोकमा व्यवस्थित पार्क बनाउने, बगैंचा बनाउने र बगैंचाको बीचमा गणेशको शालिक बनाउने योजना छ।  

सूर्यविनायकमा भइरहने दुर्घटना न्यूनीकरणका योजना के छन् ?
दुुर्घटना भइरहनुको एउटा कारण ट्राफिक लाइट समयसमयमा बिग्रिनुुले हो। अर्को कारण राती सडक बत्ती नबल्नाले हो। त्यसैले हामीले सडकमा बत्ती राख्ने योजना गरेका छौं। छिटै नै सडकमा बत्ती राख्ने सोच छ।

वडालाई व्यवस्थित सहरीकरणका लागि केही योजना बनाउनुभएको छ ? 
यो खुला क्षेत्र थियो तर हाल ५० प्रतिशत घर भइसकेको छ। हामीले यस क्षेत्रलाई सहरी विकास योजना अनुसार स्मार्ट सिटी भनेका छौं। यो क्षेत्रमा कित्ताकाट रोक छ। नक्सा पास गर्दा बाटो अनुसार मापदण्ड हुनुपर्नेमा कडाई  गरेका छौं। यसले गर्दा विकासको नाममा सर्वसाधारणको घर भत्काउन नपर्ने गरी दीर्घकालीन सोच राखेर नक्सा पास गर्दै आइराखेका हौं।

वडामा रहेको तीनधारा ढुंगेधारामा पानी सुक्यो। ढुंंगेधाराको पुनर्सञ्चालनमा के योजना छ ? 
भूकम्पपछि कुवा र ढुंगेधारा सुक्ने क्रम बढेको छ। मूहान खनी हेर्दा मूहान नै सुुुकेको छ। यसकारण ढुंंगेधारामा प्राकृतिक पानी खसाल्नेसक्ने अवस्था त कमै छ। पानीको लागि डिप बोरिङको पानी ढुंगेधारामा खसाल्ने सोच छ।

सूर्यविनायक–गुण्डु सडक विस्तार र सुरक्षाको लागि के योजना छ ?
सूर्यविनायक नगरपालिकामा जंगलले घेरेको नगरपालिका हो। यसभित्र पर्ने गुण्डुुको बाटोमा दुईतिर जंगल बीचमा बाटो छ। यहाँ दिउँसै एक्लैदुक्लै हिँड्न डर लाग्ने ठाउँ छ। त्यसैले सडकको सुरक्षाका लागि नेपाल प्रहरीलाई ड्युटीमा बस्न लगाएका छौं।

वडामा रहेको प्राणी उद्यान केन्द्रको विरोध भइरहेको छ। वडाको धारणा के छ ?
देशको नमुनाका रुपमा प्राणी उद्यान बनाउने योजना छ। यसलाई चितवन, बदिर्याजस्तै प्राकृतिक उद्यान यस वडामा राख्न पाउँदा खुसी लागेको छ। उद्यानको बारेमा नबुझेका हुनाले स्थानीयले विरोध गरेको थिए। वडा नं ६, ७, ८ का वडावासीले विरोध गरेका थिए। आन्तरिक पर्यटन विकास भएपछि जनताले प्राणी उद्यानको महत्व बझ्नेछन्।

सूर्यविनायकको गणेश मन्दिर जाने बाटो अस्तव्यस्त छ ? सुधारका के योजना छ ?
त्यो बाटो अस्तव्यस्त छ। बाटो बनाउन सकिराखेका छैनौं। बाटो सानो भएर विस्तार गर्न खोजेका थियौं। तर यो क्रममा धेरै घर परे। घरको मुुआब्जा नदिई घर भत्काउन नदिने कुरा भयो। यसो भएपछि हामीसँग बजेट अभाव भयो। त्यसकारण हामीले केन्द्रीय सरकारलाई गुहारेका छौं। केन्द्रीय सरकारले अर्को आर्थिक वर्षमा बजेट दिएर सहयोग गर्ने कुुरा भइराखेको छ।

                                                                                                                            प्रस्तुती :  रेणु त्वानाबासु

 

प्रकाशित: २५ माघ २०७५ ०४:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App