coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अध्यागमनका कर्मचारी भट्टराई भ्रष्टाचारी ठहर

काठमाडौं – विशेष अदातलतले अध्यागमन विभाग कालिकास्थान काठमाडौंमा कार्यरत तत्कालीन वरिष्ठ अध्यागमन सहायक कोषराज भट्टराईलाई भ्रष्टाचार गरेको भन्दै तीन महिना कैद र जरिवाना ठहर गरेको छ।

विशेषका न्यायाधीशहरू द्वारिकामान जोशी, रत्नबहादुर बागचन्द, प्रमोदकुमार वैद्य श्रेष्ठको इजलासले बिहिबार भट्टराईको भ्रष्टाचार मुद्दा ठहर गर्दै तीन महिना कैद र ४० हजार रुपैयाँ जरिवाना फैसला गरेको छ। अध्यागमन विभागका तत्कालीन नायब सुब्बा भट्टराईले नाता सम्बन्ध भिषा दिने सिलसिलामा विभिन्न बहाना बनाई सेवाग्राहीसंग घुस मागेका थिए। घुस लिन खोजेको उजुरी परेपछि अख्तियारले सेवाग्राहीबाट ४० हजार रूपैयाँ घुस लिँदै गर्दा पक्राउ गरेको थियो।

अख्तियारले २०७४ असोज २ मा पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। ‘तीन महिना कैद र ४० हजार रुपैयाँ जरिवाना तोकिएको छ’ विशेषका प्रवक्ता पुष्पराज पाण्डेले भने।

प्रकाशित: २५ माघ २०७५ ०४:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App