७ वैशाख २०८१ शुक्रबार
राजनीति

धर्म परिवर्तनले नेपाली पहिचानमा खतराः उपप्रधानमन्त्री थापा

धनकुटा-राप्रपा नेपालका केन्द्रीय अध्यक्ष एवं उपप्रधान, परराष्ट्र र स्थानीय विकास मन्त्री कमल थापाले धर्म परिवर्तनका कारण नेपालीको पहिचान गुम्ने खतरा वढ्दै गएको बताए।  आयतित धर्मको नाममा नेपाली पहिचान संकटमा परेकाले हिन्दुत्व जागरण अभियान सञ्चालन गर्नुपरेको उनको धारणा थियो।
शनिबार धनकुटामा राप्रपा नेपालले आयोजना गरेको हिन्दुत्व जागरण अभियानलाई सम्वोधन गर्दै नेपाल सरकारका उपप्रधानमन्त्री थापाले हिन्दुत्व जागरण अभियान सञ्चालन गर्नु संविधान विरोधी नभएको दावी गरे। संविधानले धर्मको प्रचार गर्न खुल्ला गरेकाले त्यही अधिकार प्रयोग गरेर हिन्दु धर्मको प्रचार गरेको उनले जिकिर गरे । कसैले विरोध गर्दैमा प्रचार कार्य नरोकिने उनले बताए ।
संविधानमा धर्मनिरपेक्षता विदेसीको इसारामा राखेकाले नेपालमा आयतित धर्मले नेपालीको पहिचान सनातनका मूल्य मान्यतालाई अवरोध गरेको बताए ।
सोही कार्यक्रममा सो पार्टीका केन्दिय महामन्त्री राजेन्द्र लिङ्गदेनले नेपालीलाई राज्यले नै जातका आधारमा विभेद गराएको दावी गरे ।

 

प्रकाशित: ११ असार २०७३ १२:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App