coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आजबाट नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी

काठमाडौं –  नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी आजबाट सुरु हुने भएको छ। राजधानीको भृकुटीमण्डपमा बिहान ११ बजे सहरी विकास मन्त्री मोहमत इस्तिायक राईले उद्घाटन गर्ने मिडिया स्पेस सोलुसन्स प्रालिले जनाएको छ। 
तीन दिन हुने मेलामा तीन सयभन्दा बढी ख्यातिप्राप्त ब्रान्डका एक सय ५० भन्दा बढी स्टल रहने मिडिया स्पेस सोलुसन्सका प्रबन्ध निर्देशक सिर्जल भट्टराईले जानकारी दिए। 

‘पाँचौं नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी मेला भव्य रुपमा गर्दैछौं। मौसमले साथ नदिए पनि कार्यक्रम भव्य बनाउने हाम्रो तयारी छ,’ उनले भने, ‘मिडिया स्पेस र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्टले आयोजना गरेको मेलामा तीन सयभन्दा बढी ख्यातिप्राप्त ब्रान्ड रहेका छन्।’

तीन दिन हुने मेलामा तीन सयभन्दा बढी ख्यातिप्राप्त ब्रान्डका एक सय ५० स्टल रहने छन्।  ५० हजारले अवलोकन गर्ने आयोजकको दाबी छ। मेलामा निर्माण सामग्री, निर्माण उपकरण, ठूला निर्माणका उपकरण (मेसिन), युपिभिसी प्रोफाइल, युपिभिसी विन्डो मेसिनरी, झ्याल र ढोका, बाथरुम फिटिङ, पाइप, टायल र खानेपानी सामग्री, पावर टुल्स, कंक्रिट ब्लक मेसिनरी, प्रि–इन्जिनियरिङ बिल्डिङ आदि राखिएका छन्। 


मेलामा निर्माण कम्पनी, डिलर, सबडिलर, बिक्रेताले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनबारे जानकारी गराउने उनको भनाइ छ। मेलामा निर्माण सामग्री, निर्माण उपकरण, ठूला निर्माणका उपकरण (मेसिन), युपिभिसी प्रोफाइल, युपिभिसी विन्डो मेसिनरी, झ्याल र ढोका, बाथरुम फिटिङ, पाइप, टायल र खानेपानी सामग्री, पावर टुल्स, कंक्रिट ब्लक मेसिनरी, प्रि–इन्जिनियरिङ बिल्डिङ आदि राखिएको भट्टराईको भनाइ छ। 

प्रबन्ध निर्देशक भट्टराईका अनुसार एउटै छानामुनि गुणस्तरीय र सर्वसुलभ निर्माण सामग्री राखिएको छ। यस पटकको मेलामा अवलोकनकर्तालाई प्रवेश निःशुल्क गरिएको उनले जानकारी दिए। अघिल्ला एक्स्पोहरु करिब ३० हजारले अवलोकन गरेका थिए। मेला ५० हजारले अवलोकन गर्ने आयोजकले जनाएको छ। 

प्रदर्शनीमा घर बनाउने व्यक्ति, निर्माण क्षेत्रमा काम गरिरहेका आर्किटेक्ट, इन्जिनियर, कन्ट्र्याक्टर, बिल्डर तथा इन्टेरियर डिजाइनरको सहभागिता रहनेछ। प्रदर्शनीको मुख्य उद्देश्य नेपालको निर्माण क्षेत्रमा नयाँ निर्माण सामग्री भिœयाउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका नयाँ प्रविधिलाई सहजै उपलब्ध गराउनु रहेको छ। प्रदर्शनीले नेपालमा भइरहेका निर्माणसम्बन्धी कार्यमा सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रदर्शनीले नेपालमा हाल भइरहेका सामग्री निर्माण क्षेत्रको विकास, पुनर्निर्माण तथा आधुनिकीकरणमा टेवा पुर्‍याउने विज्ञप्तिमा उल्लेख छ। प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आमनागरिकबाहेक निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर, कन्ट्र्याक्टर, बिल्डर्स तथा इन्टेरियर डिजाइनरको सहभागिता रहने छ।

प्रकाशित: २५ माघ २०७५ ०२:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App