coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सुदूरपश्चिम प्रदेशको शुसासनसम्बन्धी विधेयक टेबल

धनगढी - सुदूरपश्चिम प्रदेशसभामा प्रदेशको सुसासन प्रत्याभूति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक टेबल भएको छ। प्रदेशसभाको बिहीबारको बैठकमा सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहले बिधेयक टेबल गरेका हुन्। विधेयक पारित भए प्रदेश र स्थानीय तहमा भइरहेको ढिलासुस्ती अन्त्य हुने उनको भनाइ छ।

माघ १८ गते प्रदेशसभा सचिवालयमा यो विधेयक दर्ता भएको थियो। प्रदेशस्तरका सार्वजनिक निकाय र स्थानीय तहका कार्यालयले विधेयकमा उल्लेख प्रावधानका आधारमा खर्च प्रक्रिया अगाडि बढाउने छन्। अहिलेसम्म संघीय संसद्ले पारित गरेको विधेकका आधारमा तीनै तहको सरकारले काम गरिरहेका छन्।

बुधबारको बैठकमा प्रदेशसभा सदस्यहरूले शून्य समयमा बोल्दै समसामायिक विषयमा धाराण राखेका थिए। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सांसद महेशदत्त जोशीले जनताले प्रदेश सरकारको प्रत्याभूति गर्न नसकेको बताए। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले विभिन्न दुर्घटनामा घाइते भएकालाई सरकारले उपचार खर्च दिने आश्वासन दिए पनि त्यो रकम नदिएको भन्दै गुनासो गरे।

प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी राजपाकी सांसद मालामती कुमारी रानाले गेटामा अवस्थीत आँखा अस्पतालको स्तरोन्नतिमा चासो दिनुपर्ने बताइन्। ‘आँखा अस्पतालको स्तरोन्नति गर्दै नेत्र संकलन बैंकको स्थापना गर्नुपर्छ,’ उनले भनिन्। बैठकमा शान्ति नेपाली, शुशीला बुढाथोकी र हर्कबहादुर कँुवरले हिमपातबाट भएको प्रभाव र उखु किसानका मार्कामा परेकोबारे अवाज उठाएका थिए। प्रदेशसभाको अर्काे बैठक माघ २७ गते आइतबार दिउँसो २ बजेका लागि आह्वान गरिएको छ।

सीमामा माटो पर्खाल बनाएकोमा विरोध
बिहीबारको बैठकमा प्रदेशसभा बैठकमा धनगढीसँगै जोडिएको कञ्चनपुर पुनर्वास वानं ११ डोकबजारको दशगजा छेउमा भारतले माटोको ट्रेन्च खनेकोमा विरोध गर्दै अवाज उठाउन सरकारसँग माग गरेका छन्। सासंद हर्क बहादुर कँुवरले डोकेबजारमा भारतीय पक्षले माटोको ट्रेन्च खनिरहेकाले सरकारले कूटनीतिकरूपमा पहल गरेर रोक्न माग गरे। ‘डोकेबजार सीमामा माटोको ट्रेन्च खन्ने काम रोक्न सरकारले पहल गर्नुपर्छ,’ उनले भने। यसैगरी राजपाका सासंद मालमती रानाले डोजर लगाएर सिमामा माटोको ट्रेन्च खन्ने काम रोकिनुपर्ने बताइन्। ‘सीमामा डोजर लगाएर नाली खनेर माटोको पर्खाल बनाउने काम भइरहेको छ,’ उनले भनिन्, ‘यो रोक्न सरकारले ध्यान दिनुपर्छ।’

प्रकाशित: २५ माघ २०७५ ०२:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App