७ वैशाख २०८१ शुक्रबार
अर्थ

जनता आवास कार्यक्रम सरकारको प्राथमिकतामा : अर्थमन्त्री खतिवडा

काठमाडौं - अर्थमन्त्री डा. युवराज खतिवडाले जनता आवास कार्यक्रमलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।

विहिबार अर्थ मन्त्रालयमा जनता आवास कार्यक्रम कार्यान्वयन नमूना कार्यविधि २०७५ माथि प्राप्त सुझाव हस्तान्तरण कार्यक्रममा मन्त्री खतिवडाले जनता आवास कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रदेश सरकारसँग समन्वय गर्ने र सुरक्षित आवास योजना अघि बढाउन गम्भीर भएर लागिरहेको बताए। उनले वास्तविक आवासविहिनको साथमा सरकारको साथ रहँदै आएको र अब पनि निरन्तर सहयोग हुने स्पष्ट पारे।

कार्यदलले अर्थमन्त्री खतिवडालाई सुझाव पेश गदैं चालु आर्थिक वर्षको बजेटमा समावेश भएका जनता आवास कार्यक्रमलाई समयमै सम्पन्न गर्ने वातावरण बनाउन आग्रह गरेको हो। सुझाव हस्तान्तरण कार्यक्रमका प्रतिनिनिधिमण्डलको नेतृत्व गर्दै पूर्वमन्त्री तथा सभासद् जीतु गौतमले आवासविहिन दलित परिवारलाई आवासको व्यवस्था गर्दा रोजगारी, शिक्षा, स्वास्थ्यलगायतका आधारभूत विषयमा ध्यान दिनुपर्ने बताए।

कार्यदलले दलित, मुस्लिम, अति सिमान्तकृत परिवारको जनसंख्या तथा उनीहरुको आवश्यकता र प्राथमिकता एकिन गर्न विस्तृत अध्ययन अनुसन्धान गरि वास्तविक आवास विहिनलाई सम्बोधन गर्नुपर्ने सुझाव दिएको छ। 

 

प्रकाशित: २४ माघ २०७५ १३:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App