८ वैशाख २०८१ शनिबार
समाज

दुर्घटनामा १४ यात्रु घाइते

तनहुँ - तनहुँमा भएको सडक दुर्घटनामा १४ यात्रु घाइते भएका छन्। बिहीवार पृथ्वी राजमार्ग अन्तर्गत म्याग्दे गाउँपालिका–३ धयरेमा दुर्घटना भएको हो।

पोखराबाट काठमाडौँ जाँदै गरेको ग १ य १०४८ नम्बरको स्करपियो र  काठमाडौंबाट पोखरा आउँदै गरेको बा ३ ख १०५९ नम्बरको माइक्रोबस एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

घाइतेहरुको पोखराका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ। ५ जनाको गण्डकी अस्पतालमा, ६ जनाको मणिपाल शिक्षण अस्पतालमा र तीन जनाको फिस्टेल अस्पतालमा उपचार भइरहेको अर्यालले जानकारी दिए। घाइते मध्ये दुईको अवस्था गम्भीर छ। गम्भीर घाइते हुनेहरुमा बन्दीपुरकी रीता गुरुङकी एक वर्षीया छोरी नविया गुरुङ र २७ वर्षीय नामथर नखुलेकी एक महिला रहेकी छन्। 

 

प्रकाशित: २४ माघ २०७५ १२:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App