रुपन्देही - मुख्यमन्त्री शंकर पोखरेलले एक वर्षभित्र प्रदेश सरकारको कामले विकासको राष्ट्रिय मानकलाई पूरा गर्ने बताएका छन्।
उनले भौतिक पूर्वाधार र प्रदेशको संरचनाले ६ महिनासम्म काम गर्न नसकेकाले कामगर्न नपाएको भन्दै फागुन सुरु भएसँगै प्रदेशको भौतिक पूर्वाधारको काम अघिबढ्ने बताए। रिपाेर्टर्स क्लब नेपाल प्रदेश ५ को स्थापना दिवस तथा स्मारिका विमोचन कार्यक्रमलाई विहिबार सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले एक वर्षभित्र विकासले मूर्त रुप लिने बताए। उनले यो वर्ष ८० प्रतिशत वित्तिय र अर्को वर्षसम्म शतप्रतिशत भौतिक पूर्वाधारको विकासमा उपलब्धि हासिल गर्ने दाबी गरे। तर उनले यसका लागि केन्द्र सरकारले अधिकार दिनमा कन्जुस्याई भने गर्न नहुने बताए।
मुलुकमा आर्थिक बृद्धिदर चर्चामा आएजस्तो खत्तम नभएको भन्दै तथ्यलाई नबङ्ग्याउन उनले आग्रह गरे। मुख्यमन्त्री पोखरेलले संविधान जारी हुनु अघि ३ प्रतिशत रहेको आर्थिक बृद्धिदर संविधान जारी भएपछि ६ प्रतिशतमा पुग्नुलाई सफलताका रुपमा प्रचार गर्न सञ्चारमाध्यमलाई आग्रह गरे। ‘अहिलेसम्म फाउण्डेशन बनाउने काम भइरहेको छ, दुई वर्षभित्र रिजल्ट देखिन्छ’ उनले भने। मुलुक निर्माणको चरणमा रहेकाले आायात बृद्धि भएको बताउँदै यसलाई नकरात्मक रुपमा देशको अर्थतन्त्र खस्केको भनेर भन्न नमिल्ने उनको भनाई छ। आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले रणनीतिक रुपमा प्रदेश विकासको योजना बनाएको बताए।
समृद्ध प्रदेशको अभियान कृषिबाटै सुरु गरिएको उनले बताए। कृषिलाई पहिलो प्राथमिकतामा राखिएको बताउँदै उनले यसपछि उद्योग र पर्यटनबाट प्रदेश ५ लाई आर्थिक रुपमा सबल र सक्षम बनाउने योजना सरकारले बनाएको बताए। उनले बुटवल, दाङ र बाँकेमा तीनवटा औद्योगिक क्षेत्र निर्माण भइरहेको बताए।
कुमारी बैंकले काठमाडौंको नक्सालमा भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको जनाएको छ । ...
इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘जाडो याममा तात्तातो हिटरनेट’ अफर ल्याएको छ । ...
टिकटकले मोटा र अशक्त प्रयोगकर्ताको भिडियो लुकाउने तरिका दीर्घकालीन योजना नभएको दाबी गरेको छ ...
यस एपले प्राथमिक तह, माध्यमिक र उच्च माध्यमिक तहका हिसाबहरूलाई अटोमेटिक समाधान गर्न सक्नेछ ...
सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...
नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...
ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...
सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...
यसमा तपाईको मत