७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रधानमन्त्री दाहालको भर नपरौंः कांग्रेस नेता महत

वीरगन्ज–नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री रामशरण महतले मुलुकको सबभन्दा ठूलो पार्टी काँग्रेस माओवादी केन्द्रको पिछलग्गु बन्न नहुने बताएका छन्।

बुधबार वीरगन्जमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महतले भने ‘मलुकका समस्याहरुको निकासको दायित्व काँग्रेसलाई भएकोले अन्य दलको पछि लागेर हिड्नु शोभनीय हुँदैन।’

महतले प्रधानमन्त्री पुष्पकमल दाहालको आलोचना गरे। ‘प्रचण्डले कहिले के कहिले के भन्छन्, उनको लहैलहैमा लाग्नुभन्दा काँग्रेसले सरकारको नीतिगत नेतृत्व लिन सक्नु पर्छ।’

महतले अगाडि थपे, ‘सरकारमा काँग्रेसको नियन्त्रण, निर्देशन र अनुगमन हुन जरुरी छ । नभए दोषजति काँग्रेसको काँधमा हालेर राम्रा कामको श्रेय प्रचण्ड आफैले लिने स्थिती आउँछ।’

प्रकाशित: १९ आश्विन २०७३ १३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App