८ वैशाख २०८१ शनिबार
खेल

फिफा वरीयतामा नेपाल यथावत, बेल्जियम पहिलाे

काठमाडाैं - फिफाले जारी गरेको नयाँ वरीयतामा नेपाल यथावत स्थानमा रहेको छ। विहिबार सार्वजनिक भएको वरीयतामा नेपाल १ सय ६१ औं स्थानमा रहेको हो। यस्तै दक्षिण एसियाली मुलुकमा भारत सबैभन्दा माथि रहेको छ। भारत ६ स्थान तल झर्दै १ सय ३ औं स्थानमा आइपुगेको छ।

यस्तै अफगानिस्तान १ सय ४७ औं, माल्दिभ्स १ सय ५२ औं, भुटान १ सय ८६ औं, बंगलादेश १ सय ९२ औं, पाकिस्तान १ सय ९९ औं र श्रीलंका २ सय १ औं स्थानमा रहेका छन्।

फिफाको नयाँ वरीयतामा शिर्ष २० औं स्थानसम्ममा कुनै परिवर्तन आएको छैन। पहिलो स्थानमा बेल्जियम रहेको छ भने दोस्रो स्थानमा फ्रान्स तथा तेस्रो स्थानमा ब्राजिल रहेको छ भने क्रोएसिया,इंग्ल्याण्ड,पोर्चुगल,उरुग्वे, स्विट्जरल्याण्ड,स्पेन र डेनमार्क क्रमशः चौथो देखि १० औं स्थानसम्म रहेका छन्।

जारी वरीयतामा कतारले छलाङ मारेको छ। कतार ३८ स्थान माथि उक्लिँदै ५५ औं स्थानमा आइपुगेको छ भने जापान २३ स्थान माथि उक्लिँदै २७ औं स्थानमा आइपुगेको छ।  

 

प्रकाशित: २४ माघ २०७५ १०:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App