डा. बाबुराम भट्टराई : छोरी नजन्मदै 'डर्टस अफ कार्ल मार्क्स’ उपहार दिने बाबु

बिहिबार, २४ माघ २०७५, १४ : ३७ नागरिक

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो पहिलो सन्तानको मुखसम्म हेर्न पाएनन् । भट्टराई र हिसिला यमीको २०४० सालमा जेठो सन्तानको रूपमा छोरा जन्मीए पनि विडम्वना जन्मेको केहि घण्टामै उसले संसारबाट विदा लियो ।
दोस्रो सन्तानको रूपमा छोरी अर्थात मानुषी यमी भट्राई जन्मीइन् । छोरी जन्मनु उनका लागि उत्सव थियो । छोरी जन्मनु केहि महिना अघि नै पूर्व डा. भट्राईले ‘डर्टस अफ कार्ल मार्क्स’ छोरीका लागि उपहार छोडेका थिए पत्नी हिसिलालाई । पुस्तकमा उनले हस्ताक्षर गरेका थिए । बाबुराम र मानुषीको भावनात्मक भन्दा पनि बढी बौद्धिक सम्बन्ध रहेको आमा हिसिलाको भनाई छ । कहिलेकाँहि आफुसँग भन्दा पनि छोरी मानुषीसँग बाबुरामको कुरा बढी मिल्ने उनी बताउँछिन् ।
बाबुराम भट्राई र हिसिलाको सम्बन्ध भावनात्मक भन्दा पनि विवेकसंगत बढी रहेको लाग्छ । बाबुराम र हिसिलाको भारतमा विवाह हुँदा पनि उनीहरूले विवाह गर्नु पूर्व एउटा हस्ताक्षर गरेका थिए । जसमा लेखिएको थियो “हाम्रो सम्बन्ध भनेको समाज रूपान्तरणका निम्ती साधक हुनुपर्छ । जतीबेला हामीलाई बाधक लाग्छ त्यत्ती बेला यो टुट्न पनि सक्छ ।”  चालिस वर्षको अन्तरालमा अहिले टुट्ने लक्षण भन्दा पनि झन् बलियो हुँदै गएको बाबुरामले सुनाए ।
२०६५ मा अर्थमन्त्री, २०६८ भाद्र देखि २०६९ साल चैत्रसम्म मुलुकको ३६ औ प्रधानमन्त्री बने बाबुराम । त्यसपछि तत्कालिन एनेकपा माओवादी पार्टीको उपाध्यक्ष पद र संसद सदस्यता २०७२ साल असोजमा परित्याग गरे । विसं २०७३ साल असार २७ गते औपचारिक रुपमा निर्वाचन आयोगमा नयाँ शक्ती पार्टी नेपाल दर्ता गरे । बाबुराम भट्राईले पार्टी परित्याग गर्ने निर्णय सबैभन्दा पहिले छोरी मानुषीसँग भनेका थिए । त्यत्ती बेला मानुषी अचम्मीत परेकी थिइन् । मानुषीले भन्छिन् ‘ बाले यस्तो निर्णय एक दिनुुहुन्छ भन्ने थियो तर यस्तो अवस्थामा लिनु हुन्छ भनेर सोचेकी पनि थिएन ।’
बाबुरामलाई लाग्छ सम्बन्ध भनेको जहिले पनि पूरक हुनुपर्छ । हामी धेरैले आफू जस्तो छौ उस्तै अर्को पनि खोज्छौ तर उनलाई त्यो ठिक लाग्दैन । आफूभन्दा विपरित हुनुपर्छ । बाबुराम अन्तरमुखी छन् । हिसिला बहिरमुखी गुण भएकी छिन् । उनलाई हिसिला हुँदा एकदमै सहज लाग्छ । हिसिलाले गर्दा आफु बढी समाजिक भएको मान्छन् बाबुराम । राजनीतिक परिवार र त्रासको वातावरणमा हुर्कीएकी मानुषीलाई आमा बुवाको अनुपस्थिती भन्दा पनि आमाबुवाको उपस्थिती अनौठो लाग्छ ।
आफ्नो सफलतामा भाइ शिव भट्राई, बुवा र आमाको सहयोग धेरै ठूलो रहेको उनलाई लाग्छ । नेपाल, बेलायत, नैनीताल, दार्जिलिङ हुँदै २०१६ मा दिल्लीको जवाहरलाल नेहरू विद्यालयबाट राजनीति शास्त्रबाट एमफिल सकेकी मानुषीले पीएचडीको पढाइ छोडेर नेपाल फर्किइन् । मानुषी बा हुर्केको, पढेको परिवेशबाट पनि आफुले धेरै कुरा सिकेको बताउँछिन् ।
मानुषीको तनहुँका जेकेन्द्र श्रेष्ठसँग प्रेम विवाह भयो । छोरीको विवाह हुँदा बाबुराम निकै भावुक भए । भावुक हुनुको कारण पनि रहेछ । सानो छँदा गाँउघरमा विवाहमा बाजा बजीरहँदा दुलही रूदाँ बाबुराम पनि रूने रहेछन् । जसले गर्दा उनी छोरी मानुषीलाई अन्माउँदा भावुक बनेका रहेछन् ।
मानुषीसँग पनि विवाहको रमाइलो अनुभुती रहेछ । विवाह समारोह सकिएपछि जानुपर्छ भन्ने उनले सोचेकी रहिन्छन् । समारोह सकिएपछि मानुषी लुगा चेन्ज गर्न गएकी थिइन् । त्यत्तीकैमा ल विदाइ हुन्छ अब भनेर बोलाउन आएपछि आफु झसङ्ग भएको बताइन् । गाडीमा चढीसकेपछि ‘आमाले जेकेन्द्र जीसँग ल है छोरीको  ख्याल राख्नु है’ भनेपछि मात्र सेन्टीमेन्टल बनाएको थियो । हो साच्चीकै जाँदैछु जस्तो लाग्यो । मानुषी र बाबुराम भट्टराईका रूचीमा पनि खासै फरक भएको हिसिला बताउँछिन् ।
कार्यक्रम “सम्बन्धहरु” मा आधारित भएर लेखिएको –बाँकी भिडियो






यसमा तपाईको मत

अन्य समाचार

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

स्टडी प्लसले मलेसियन दूतावासको सहयोगमा भदौ ५ र ६ गते जमलस्थित एलो प्यागोडा होटलमा मलेसिया शैक्षिक मेलाको आयोजना गर्दै छ...

पुँजीबजारमा झिनो सुधार
क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा झिनो सुधार क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा बुधबार झिनो बिन्दुको सुधार देखिएको छ । यस दिन नेप्से ०.४२ बिन्दुले बढेर १२१४.०५ बिन्दुमा पुगेको छ । ...

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच डिबेन्चर निष्कासन सम्बन्धी सम्झौता भएको छ । ...

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंकले नेपाल पर्यटन वर्ष २०२० लाई सफल पार्न निजी क्षेत्रको पूर्वतयारीको रूपमा ललितपुरमा रहेका नयाँ पर्यटकीय गन्तव्यको पहिचान एवं...

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक (इबिएल)ले नेसनल प्राइभेट एन्ड बोर्डिङ स्कुल एसोसिएसन नेपाल (एन प्याब्सन)सँग सम्बन्ध विस्तार गर्दै इबिएलका सेवा नेसनल प्याब्सनका सदस्य...

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभु बैंकले झापाको दमक नगरपालिकास्थित मालपोत कार्यालय र इलाम मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सले ‘महापर्वको रंगोत्सव’ योजना पुनः ल्याएको छ । ...

एसियन पेन्ट्सको रोयल हेल्थ सिल्ड बजारमा

एसियन पेन्ट्सको रोयल हेल्थ सिल्ड बजारमा

एसियन पेन्ट्स नेपालले रोयल हेल्थ सिल्ड इन्टेरियर इमल्सन पेन्ट्स सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad