coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

सिन्धुलीमा बोलेरो दुर्घट्ना, पाँचको मृत्यु, आठ जना घाइते

सिन्धुली - सिन्धुलीको फिक्कल गाँउपालिका २ चण्डीभन्ज्याङमा जिप दुर्घट्ना हुँदा पाँच जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन्। फिक्कल गाँउपालिका वडा नं. १ को महादेवडाडाबाट सिन्धुली सदरमुकामतर्फ आउदै गरेको बा १५ च ९४२२ नम्बरको बलेरो गाडी दुर्घट्ना हुँदा घट्नास्थलमै चार जना र एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी लोकदर्शन थापाले जानकारी दिए। 

उनका अनुसार बलेरोमा सवार आठ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। डिएसपी थापाका अनुसार मृत्यु हुनेमा फिक्कल गाँउपालिका वडा नं. २ बस्ने बर्ष ५६ की तिलमाया वि.क,सोही स्थानका अन्दाजी ६५ बर्षिय कुनमान तामाङ, फिक्कल गाँउपालिका वडा नं. ३ बस्ने बर्ष ३६ की शान्तिमाया श्रेष्ठ, वडा नं. २ बस्ने अन्दाजी बर्ष ५० की लक्ष्मी वि.क को घट्नास्थलमै र उपचारका क्रममा खुर्कोट अस्पतालमा फिक्कल गाँएपालिका वडा नं. २ की २५ बर्षिय अनिता महतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

यस्तै चालक सहित आठ जना घाइतेलाई स्थानिय स्वास्थ्य चौकी र खुर्कोटमा उपचार भइरहेको र गम्भिर घाइतेलाई धुलिखेल काठमाण्डौ पठाउने तयारी भएको डिएसपी थापाले जानकारी दिए। साघुरो र कच्चि सडक भएकाले गाडी आफै अनियन्त्रित भई दुर्घट्ना भएको हुनसक्ने प्रहरीले जनाएको छ। 

प्रकाशित: २४ माघ २०७५ ०८:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App