बागलुङ— सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले संविधान कार्यान्वयनको लागि प्रमुख राजनीतिक दल एकजुट हुनुपर्ने बताएका छन्। नेपाली कांग्रेसका नेता केसीले उद्योग वाणिज्य संघ, गल्कोट इकाई बागलुङले बुधबार आयोजना गरेको कार्यक्रममा मुलुकले प्राप्त गरेको उपलब्धी रक्षा गर्ने दायित्व पूरा गर्न दल एक हुनुपर्ने धारणा राखे।
‘प्राप्त उपलब्धिको रक्षा र संविधान कार्यन्वयनको अभिभारा राजनीतिक नेतृत्वले पूरा गर्नुपर्छ,’ उनले भने, ‘राजनितिक निकायकोलागि सहकार्य गर्नु आवश्यक छ।’
राज्य पुर्नसंरचना, स्थानीय निकायको निर्वाचन, मधेशका मुद्दा संवोधन गरेर राजनीतिक गतिरोध अन्त्य गर्नुपर्ने बताए। राज्य पुनः संरचनागर्दा इलाकालाई आधारमा बनाउने भए पनि जस्ताको तस्तै गाउँपालिका नबनाउने बताए।
प्रकाशित: १९ आश्विन २०७३ १३:२६ बुधबार