हङकङमा फिल्म अवार्ड

बिहिबार, २४ माघ २०७५, १० : ३५ नागरिक

काठमाडौं – पछिल्ला वर्षमा नेपालमा निर्माण हुने फिल्मको अवार्ड कार्यक्रम विदेशी भूमिमा हुने क्रम बढ्दो छ। नेपाली फिल्मको प्रवद्र्धन र बजारीकरण गर्न भन्दै विदेशमा अवार्ड आयोजना गर्ने लहड नै चलेको हो। यही क्रमलाई निरन्तरता दिँदै हङकङमा सन् २०१९ को जुनमा ‘एभरेष्ट इन्टरनेसनल फिल्म अवार्ड २०१९’ हुने भएको छ। 

एभरेष्ट इन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको अवार्डमा २० विधामा कलाकार तथा प्राविधिकलाई ‘पपुलर अवार्ड’ प्रदान गरिनेछ। अवार्डका कार्यक्रम संयोजक मनोज केसीले राजधानीमा बुधबार पत्रकारमाझ सन् २०१८ मा रिलिज भएका नेपाली फिल्महरूले अवार्डमा सहभागिता जनाउने बताए। ‘यो अवार्ड मेरो लागि अवसरसँगै चुनौती पनि हो। पछिल्ला कमी कमजोरीलाई हटाउँदै काम गर्नुपर्नेछ’, मनोजले भने, ‘हाम्रो दायित्व भनेको समायोजनको मात्र रहेको छ। यसैले गर्दा पनि जुरीमार्फत आएको उत्कृष्ट ५ मा पर्ने प्रतिष्पर्धीलाई हङकङ लैजानेछौं। अवार्डमा सहभागिता जनाउन चाहने फिल्मकर्मीले सन् २०१८ मा रिलिज भएका आफ्ना फिल्मलाई सहभागी गराउन आव्हान गर्दछु। उहाँहरूले अवार्डको फर्म भर्न पैसा तिर्नुपर्दैन्।’ मनोज अध्यक्ष रहेको संगीक्षा फिल्मस्ले नेपालको व्यवस्थापन हेर्नेछ।

कार्यक्रममा ‘मिस नेपाल हङकङ’ सोसाइटी र बडीबिल्डिङ एसोसिएसन हङकङका अध्यक्ष लोकराज लिम्बुले अवार्डमा कुनै हस्तक्षेप नगर्ने दाबी गरे। ‘अवार्डमा सबै निर्णय जुरीको नै हुनेछ। हामीले एउटा स्तरीय अवार्ड गर्ने मनसायका साथ काम  थालनी गरेका हौ। अवार्डमा सहभागी हुनेले केहि खर्च गर्नु पर्नेछैन’, उनले भने, ‘नेपाल एयरपोर्टबाट हङकङको बसाइ र फेरी नेपाल एअरपोर्टसम्मको सबै दायित्व हाम्रो रहनेछ। हामी परदेशमा रहेता पनि नेपाली फिल्म र गीतसंगीतलाई निकै माया गर्छौ।’

अवार्डमा तीन विधा आदिवासी फिल्मको पनि हुनेछ। साथै एक फिल्मकर्मीलाई ‘लाइफ टाइम अचिभमेन्ट’द्वारा सम्मान पनि गरिनेछ। हङकङको वानचाईस्थित क्विन एलिजावेथ स्टेडियम हलमा हुने अवार्डको मनोनयन आगामी मार्चमा सार्वजनिक गरिनेछ। जुरीको संयोजक अभिनेता सुनिल थापा छन्। अवार्डमा एभरेष्ट फिल्म एकेडेमीको सहकार्य हुनेछ। थापा एकेडेमीका अध्यक्ष हुन्।

हङकङको आयोजक समूहमा लिम्बुसहित स्थानीय वकिल तथा व्यवसायी गौरव बम ठकुरी, मिस नेपाल हङकङ सोसाइटीकी उपाध्यक्ष लिलेश्वरी खड्का, योगा प्रशिक्षक तथा व्यवसायी सञ्जु भट्ट, मिस नेपाल हङकङ सोसाइटीकी संयोजक शान्ति नेपाली, मिस नेपाल हङकङ सोसाइटी सचिव मनिष लिम्बु, लक्ष्मी चन्द, सुयोग शाक्य, रेवती खड्का, रोशनी श्रेष्ठ, रेविका राई, विष्णु पुन र राकेश लिम्बु छन्।







यसमा तपाईको मत


अन्य समाचार

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

कम्प्युटरमा कति जीबी र्याम ( RAM ) पर्याप्त ?

तपाईंले कुन प्रायोजनका लागि कम्प्युटर खरिद गर्दै हुनुहुन्छ, सो कुराले नै तपाईंलाई कति जीबी र्याम चाहिन्छ भन्ने कुरा निर्धारण गर्छ...

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

सामसंगको सबैभन्दा महँगो स्मार्टफोनको डिस्प्ले केहि दिन मै बिग्रन सुरु

रिभ्युका लागि पठाईएको ग्यालेक्सी स्मार्टफोन १ दिन कै प्रयोगमा बिग्रिएको छ ...

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

विन्डोज १० को नयाँ अपडेट, यस्ता छन् विशेषता

यस अपडेटमा माइक्रोसफ्टले थुप्रै नयाँ र आकर्षक फिचरहरु थपेको छ ...

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरमा अब सजिलै डार्क मोड सुचारु गर्न मिल्ने

फेसबुक मेसेन्जरको डार्क मोडलाई सेटिंगबाटै सोझै सुचारु गर्न मिल्ने ...

PUBG ( पब्जी ) खेलको विकल्पहरू

PUBG ( पब्जी ) खेलको विकल्पहरू

एन्ड्रोइड र आइफोनमा उपलब्ध पब्जी खेलका विकल्पहरू ...

सामसंग जे सिरिजको अन्त्य

सामसंग जे सिरिजको अन्त्य

उक्त जे सिरिजको स्थानमा सामसँगका मिडरेज स्मार्टफोनहरू ए सिरिज भएर रिलिज हुनेछन् । ...

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

विन्डोज फोनमा फेसबुक र इन्स्टाग्राम एप नचल्ने

माइक्रोसफ्टको मोबाइल अपरेटिंग सिस्टम विन्डोज फोनका लागि विश्व कै सबैभन्दा प्रचलित सामाजिक संजालहरू नचल्ने भएको छ । ...

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गाइड

ल्यापटप खरिद गर्दा ख्याल गर्नु पर्ने कुराहरू ...

Ncell Footer Ad