भक्तपुर – नारी साहित्यकार गंगा लिगललाई भक्तपुरमा अभिनन्दन गरिएको छ। लिगलले कथा, कविता, खण्डकाव्य, मुक्तक, गीत, लघुकथा, उपन्यास आदि साहित्यका विविध विधाका दुई दर्जन भन्दा कृति प्रकाशनसँगै विदेशमासमेत साहित्यिक संस्था स्थापना गरेर नेपाली भाषा साहित्यको सेवा गरिरहेकी छिन्।
सिर्जना अभियान भक्तपुरको आयोजनामा भएको कार्यक्रममा कथाकार एवं प्राज्ञ माया ठकुरीले साहित्यकार लिगललाई दोसल्ला ओढाएर अभिनन्दन पत्र प्रदान गरिन्। उनले विदेशमा बसेरसमेत नेपाली भाषासाहित्यको सेवा गर्नु राम्रो कुरा भएको बताइन्।
कार्यक्रममा रंगकर्मी हरिबहादुर थापा र कथाकार धु्रव मधिकर्मीले स्रष्टा लिगलको योगदानको बारेमा चर्चा गरेका थिए। अभियानका अध्यक्ष धनमान श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा मीरा राजभण्डारी, कपिल कसपाल, मीरा न्यौपाने र अमृता रामदामले कविता वाचन गरेका थिए।
तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।
अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...
सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...
स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...
रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...
यसमा तपाईको मत