६ वैशाख २०८१ बिहीबार
खेल

बार्सिलोना र रियल मड्रिडको खेल बराबरीमा

काठमाडौं – स्पेनिस फुटबल प्रतियोगिता कोपा डेल रेको सेमिफाइनलको पहिलो लेगमा रियल मड्रिड बार्सिलोनासँग १–१ गोलको बराबरीमा रोकिएको छ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा रियलले एक गोलको अग्रता जोगाउन नसक्दा बराबरीमा चित्त बुझाएको हो। खेलको छैटौं मिनेटमा लुकास भाज्क्वेजले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १–० को अग्रता बनाएको रियलविरुद्ध घरेलु टोली बार्सिलोनाका माल्कोमले ५७ औं मिनेटमा बराबरी गोल फर्काए।

बार्सिलोनाले स्ट्राइकर लियोनल मेस्सीलाई पुर्ण रुपमा फिट नहुँदा पनि दोस्रो हाफमा मैदानमा छिराएको थियो। तर, मेस्सी गोल गर्न असफल भए। यो बराबरीले दुवै टोलीलाई फाइनल पुग्न ढोका खुल्ला भएको छ।

प्रकाशित: २४ माघ २०७५ ०४:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App