काठमाडौं – आगामी फागुन १० गते रिलिज हुने फिल्म ‘रुमालै छ चिनो’ र चैत १ गते रिलिज हुने फिल्म ‘पुरानो बुलेट’को फष्र्टलुक सार्वजनिक भएको छ। दिनेश सिंह ठकुरी निर्देशित ‘रुमालै छ चिनो’ को सार्वजनिक चार पोष्टरमा फिल्मका प्रमुख कलाकारद्वय नायक सुशान्त कार्की र नायिका अप्सना थापा फिचर्ड छन्।
ज्योति फिल्मस्को व्यानरमा निर्मित फिल्म काठ क्षेत्रका गायक रेशम थापाको लोकप्रिय गीत ‘रुमालै छ चिनो’ बाट नाम सापटी लिइएको हो। चन्द्रबहादुर खड्का, दीपक ढकाल र रामप्रसाद पाण्डेको लगानी रहेको फिल्ममा किशोर खतिवडा, सञ्चिता लुँइटेल, रश्मी भट्ट, मिथिला शर्मा, सुरवीर पण्डित, लक्ष्मणविक्रम बस्नेत, सुरज महरा, सन्ध्या खड्कालगायतको अभिनय छ।
निर्देशक ठकुरीले फिल्मको हाल मिक्सिङको काम भइरहेको बताए। ‘अहिले पोष्टर रिलिज गरेसँगै पोष्ट प्रोडक्सनको काम गरिरहेका छौं। पोष्टरहरू सबै हलहरूमा पुगिसकेको छ’, ठकुरीले भने। फिल्ममा विनोद सापकोटाको छायांकन र शिव थारुको सम्पादन र रेशम थापाको कथा छ।
पत्रकार भीषण राईको ‘डेब्यु’ निर्देशन रहेको फिल्म ‘पुरानो बुलेट’को सार्वजनिक तीन पोस्टर अनुपविक्रम शाही, वर्षा शिवाकोटी र माला लिम्बु फिचर्ड छन्।
यो फिल्म आगामी फेब्रुअरी २३ मा हङकङमा प्रिमियर हुँदैछ। फिल्ममा अनुप, वर्षा र मालासँगै कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडी, शिव मुखिया, दिवज राई, बादल श्रेष्ठ, करण धिताल, युडी गुप्तालगायतको अभिनय छ।
फिल्ममा भीषण र सन्तोष राईको कथा तथा पटकथा, उत्तमजंग लिम्बु, जयन जे वाइवा र भिजे घिमिरेको संगीत, हरि घले लामाको छायांकन, अर्जुन जिसीको सम्पादन तथा प्रविण सिंह र प्रशान्त तामाङको कोरियोग्राफी छ। सन्तोष राई कार्यकारी निर्माता रहेको फिल्ममा अशोककुमार राई (अशोक साम्पाङ), दीपेन्द्र लिम्बु, वीरेन साम्बा र टिकाराम राई निर्माता छन्।
प्रकाशित: २४ माघ २०७५ ०४:०० बिहीबार