coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

विद्यार्थीकाे सरसफाइ अभियान

काठमाडौं – फोहोर व्यवस्थापनमा क्रियाशील राम्रो जोरपाटी, हाम्रो जोरपाटीले अभिभावकलाई चेतना दिनको लागि तीन कलेजका विद्यार्थीहरुलाई जोरपाटी सडकमा फालिएको फोहोर उठाउन लगाएको छ।

कुटुम्ब कलेज, जय मल्टिपल कलेज र इस्टकोल कलेजका विद्यार्थीलाई बुधबार बिहान फोहोर व्यवस्थापन गर्न लगाइएको हो। संस्थाका महासचिव रामकृष्ण बरालले अभिभावकलाई जथाभावी सडकमा फोहोर फाल्न नदिनको लागि विद्यार्थीहरुलाई फोहोर व्यवस्थापनमा सहभागी गराइएको बताए।

‘जहीँतहीँ अभिभावकले फोहोर फाल्ने गर्छन्। ती सबै फोहोर बाग्मतीमा मिसिन्छ,’ उनले भने, ‘आफ्नो छोराछोरी पढेलेखेका हुन्छन्। बाहिर फोहोर फाल्न नदिनको लागि उनीहरुलाई जनचेतना दिन सक्छन्। त्यसैले फोहोर उठाउन लगाएका हौं।

हामीले यसको लागि सप्ताहव्यापी अभियान सञ्चालन गर्दै आएका छौं।’ विद्यार्थीहरुले जोरपाटी चोक, नयाँवस्ती, अरब बैक, शंकरापुर अस्पताललगायतका ठाउँका फोहोर उठाएका थिए। सो सरसफाइमा नेपाल प्रहरी र जोरपाटी क्लबले पनि सहयोग गरेको थियो।

प्रकाशित: २४ माघ २०७५ ०२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App