७ वैशाख २०८१ शुक्रबार
समाज

चार वडालाई एउटा एम्बुलेन्स

खोटाङ – स्वास्थ्य मन्त्रालयले चार वडाको संयुक्त स्वामित्वमा सञ्चालन हुनेगरी एउटा एम्बुलेन्स हस्तान्तरण गरेको छ। मन्त्रालयले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा ५ र १० तथा केपिलासगढी गाउँपालिका वडा १ र २ का लागि एम्बुलेन्स हस्तान्तरण गरेको हो।

बुधबार दिक्तेलमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्रीका प्रमुख सल्लाहकार डा. केके राईले वडाध्यक्ष निर्मल राईलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरे। रोग तथा दुर्घटनाका कारण गम्भीर बनेका स्थानीयलाई तत्काल स्वास्थ्य संस्थामा पुर्याएर उपचार व्यवस्था मिलाउने उद्देश्यका साथ मन्त्रालयले एम्बुलेन्स हस्तान्तरण गरेको स्वास्थ्यमन्त्रीका प्रमुख सल्लाहकार डा. राईले बताए।

प्रकाशित: २४ माघ २०७५ ०२:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App