coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

श्रीले पायो अन्तर्राष्ट्रिय अनुमति

काठमाडौं – आन्तरिक उडान गर्दै आएको श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान अनुमति पाएको छ। श्रीका सिआरजे जेट जहाजले अन्तर्राष्ट्रिय उडान अनुमति पाएका हुन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यका अनुसार उसलाई अन्तर्राष्ट्रिय चार्टर्ड उडानको अनुमति दिइएको हो। सोमबार श्रीका सिआरजे जेट जहाजलाई अन्तर्राष्ट्रिय उडान अनुमति दिइएको आचार्यले जानकारी दिए। यसअघि श्रीले हेलिकोप्टरतर्फ अन्तर्राष्ट्रिय चार्टर्ड उडान अनुमति पाएको थियो।

हेलिकप्टरको लाइसेन्स जुन प्रकृतिको थियो, जहाजका लागि पनि सोही प्रकृतिको लाइसेन्स दिइएको मन्त्रालयका सूचना अधिकारीसमेत रहेका सहसचिव आचार्यले बताए।

अनुमति पाएसँगै श्रीले भारतका मुख्य सहरमा जहाज उडाउने योजना बनाएको छ। अन्तर्राष्ट्रिय उडानका लागि एयरलाइन्सलाई अब उडान अनुमति (एओसी) आवश्यकता पर्छ। नागरिक उड्डयन प्राधिकरणबाट एओसी पाएलगत्तै उडान थाल्ने श्रीले जनायो।

श्रीसँग अहिले चारवटा जहाज छन्। आन्तरिक उडानमा श्रीले विराटनगर, भद्रपुर, भैरहवा, नेपालगन्ज, धनगढीमा नियमित उडान गर्दै आएको छ। काठमाडौंबाट ६ स्थानमा उडान गर्दै आएको श्रीले फागुन अन्तिमबाट पोखरा र भरतपुरसमेत उडान गर्ने योजना बनाएको छ।

प्रकाशित: २४ माघ २०७५ ०२:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App