coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

क्रिकेट विवाद समाधान गर्न सल्लाहकार समिति गठन

काठमाडौं–अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसि) ले नेपालमा जारी क्रिकेट विवाद समाधानका लागि ६ सदस्यीय सल्लाकार समिति गठन गरेको छ।

आइसिसिले राष्ट्रिय खेलकुद परिषद्लाई एक पत्र लेख्दै समिति गठनको जानकारी दिएको छ। सल्लाहाकारमा खेलकुद मन्त्रालयका सहसचिव चडामणि पौडेल, क्यानका पूर्व अध्यक्ष विनयराज पाण्डे, पूर्वकप्तान पवन अग्रवाल पूर्वकार्यवहाक अध्यक्ष दिपक कोइराला र राखेपाका एक प्रतिनिधि रहने उललेख गरेको राखेपाका प्रेस सल्लाहाकार रोहित दहालले बताए।

थप एक सल्लाहाकार स्वयं समितिको बैठकबाट चयन गर्न सक्ने पत्रमा उल्लेख छ।

आइसिसिका फाइनान्स म्यानेजर अमर शेखले सल्लाहाकार समितिलाई संयोजन गर्नेछन्।
समितिलाई क्रिकेट विवाद समाधानका लागि आवश्यक विधान बनाउने तथा छिटो भन्दा छिटो निष्पक्ष निर्वाचन गराउने जिम्मा दिइएको छ।

गत महिना आइसिसिका कर्यकारी प्रमुख डेभिड रिचार्डसनको नेतृत्वमा आएकोे टोलीले प्रधानमन्त्रि पुष्पकमल दाहाल तथा खेलकुद मन्त्रालय र राखेपाको पदाधिकारीहरुसँग भेट गर्दै नेपाली क्रिकेट विवाद सामधानका लागि राष्ट्रिय क्रिकेट बोर्ड गठन गर्ने र यसका लागि ६ सदस्यीय सल्लाहाकार समिति बनाउने सहमति भएको थियो।

प्रकाशित: १९ आश्विन २०७३ १२:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App