कांग्रेस बैठक

कांग्रेसमा तल्लो तहबाटै निर्वाचित हुँने व्यवस्था माग

बिहिबार, २४ माघ २०७५, ०७ : २७ नागरिक संवाददाता

काठमाडौं – नेपाली कांग्रेसका नेताहरूले पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरू तल्लो तहबाट निर्वाचित हुने व्यवस्था विधानमा राख्न माग गरेका छन्। महासमिति बैठकबाट सुझावसहित पारित विभिन्न प्रस्तावलाई अन्तिम रूप दिन जारी केन्द्रीय समितिको बुधबारको बैठकमा नेताहरूले सबै तहका नेता तथा कार्यकर्ता तल्लो एकाइबाट निर्वाचित हुदैआउने व्यवस्था विधानमा गर्नुपर्नेमा जोड दिएका हुन्। सदस्यले समानुपातिक नदोहोर्याउने व्यवस्था पनि विधानमा राख्नुपर्ने धारणा राखेका छन्।

केन्द्रीय पदाधिकारी र सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्थाले तल्लो तहसँगको नेतृत्वको सम्बन्ध टुट्दै जाँदा संगठन कमजोर बन्न पुगेको दाबी गरेका छन्। महासमिति बैठकको भावन र म्यान्डेट पनि त्यही भएको बताउँदै नेता रामचन्द्र पौडेलले बैठकमा भने, ‘पदाधिकारी र केन्द्रीय सदस्य तलबाटै निर्वाचित भएर आउने व्यवस्था विधानमा गर्नुपर्छ। महासमितिको भावना पनि त्यही हो।’

नेता कृष्णप्रसाद सिटौलाले महासमितिको बैठकमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले पदाधिकारी र केन्द्रीय सदस्यहरू तलैबाट निर्वाचित हुने व्यवस्था विधानमा राख्ने प्रतिबद्धता जनाएको स्मरण गराएका थिए। ७० प्रतिशतभन्दा बढि महासमिति सदस्यहरूले पदाधिकारी र केन्द्रीय सदस्यहरू तलैबाट निर्वाचित हुने व्यवस्था गर्न माग गरेको सुनाउँदै सिटौलाले बैठकमा भने, ‘महासमिति बैठकको भावनाअनुसार पूर्णजी (विधान मस्यौदा समिति संयोजक एवंं महामन्त्री पूर्णबहादुर खड्का) तत्काल विधान छापेर तल्लो तहसम्म पठाइहाल्नुस्।’

त्यस्तै, एउटै व्यक्तिले समावेशी कोटाबाट धेरै पटक अवसर पाएको जनाउँदै उनीहरुले एक पटक मात्र समावेशी कोटाबाट अवसर पाउने गरी विधानमा व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्। केन्द्रीय सदस्य मीनेन्द्र रिजालले बैठकमा सत्य निरूपण तथा मेलमिलाप आयोगका विषयमा जानकारी गराएका थिए। रिजालले आयोग पदाधिकारीको दुई महिना र आयोगको दुई वर्ष समय थप गर्ने तयारी भइरहे पनि अन्तर्राष्ट्रिय र राष्ट्रिय मानअधिकार आयोगको चासो, सर्वोच्च अदालतको आदेशलाई ध्यानमा राखेर द्वन्द्वकालीन घटनाहरु समाधान गर्न अझै धेरै विषयहरु मिल्न बाँकी रहेको सुनाएका थिए।

त्यस्तै, महामन्त्री पूर्णबहादुर खड्काले माघ २१ गते सरकारविरुद्ध पार्टीले गरेको बिरोध प्रर्दशन, केन्द्रीय सदस्य बालकृष्ण खाँणले संसदमा भइरहेका घटना क्रमको जानकारी र नारायाण खड्काले भेनेजुएलाको विषयमा धारणा राखेका थिए। केन्द्रीय सदस्य महेश आर्चायले संसदीय व्यवस्था र संवैधानिक व्यवस्थाविपरीत संवैधानिक परिषद् बैठक र त्यसले गरेको नियुक्ति सिफारिसमा अदालत नगएकोमा असन्तुष्टि जनाएका थिए।

नेवि संघको म्याद थप की विघटन ?

पार्टीको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको वर्तमान केन्द्रीय समितिका विषयमा नेताहरूको मत विभाजन भएको छ। बुधबारको बैठकमा बोल्दै पार्टी नेता रामचन्द्र पौडेल र उपसभापति विमलेन्द्र निधिले विधानअनुसार माघ २ गते नै म्याद गुजारेको केन्द्रीय समिति विघटन गरेर अघि बढ्नुपर्ने धारणा राखेका छन्। वर्तमान नेतृत्वबाट संघको महाधिवेशन सम्भव नभएको जिकिर गर्दै दुवैले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन र महाधिवेशन सुनिश्चित हुनेगरी तदर्थ समिति गठन गर्नुपर्ने धारणा राखेका छन्।

नेता कृष्णप्रसाद सिटौला भने त्यसको विपक्षमा उभिएका छन्। पार्टीको भ्रातृ संगठनका कार्यसमिति विघटनको संस्कार र संस्कृतिलाई अन्त्य गर्नुपर्ने तर्क गर्दै अहिलेकै समितिलाई महाधिवेशन गर्ने अधिकार दिनुपर्ने धारणा राखे। सबै भ्रातृ संगठनका अध्यक्षहरूलाई बोलाएर समयमै महाधिवेशन गर्न आग्रह गर्नुपर्ने र पार्टीले त्यसका लागि सहयोग गर्नुपर्ने जिकिर गरेका छन्। माघ २ मै समय गुजारेको संघको केन्द्रीय समितिको पदावधि थपका विषयमा पार्टी नेता मात्र होइन संघका नेता तथा कार्यकर्ता नै विभाजित छन्।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad