coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जुम्लामा संस्थानको चामल गोदाममै थन्कियो

जुम्ला– कर्णालीका हुम्ला र डोल्पालगायतका जिल्लाका खाद्य संस्थानमा चामल नहुँदा उपभोक्ता मर्कामा परेको आवाज उठिरहेका बेला खाद्य संस्थान जुम्लामा भने चामल बिक्री नभई गोदाममै थन्किएको छ।  संस्थानको कार्यालय जुम्लामा अघिल्लो आर्थिक वर्षको १९ सय क्विन्टल चामल मौज्दात रहेको हो।
गत वर्षकोे कोटामा आएको चामल नसकिँदै चालू आर्थिक वर्षको चामल आउन शुरु गरेको छ। नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लाका प्रमुख रणबहादुर ऐरले  यो आर्थिक वर्षको तीन सय क्वीन्टल चामल आइसकेको बताए। उनले भने वार्षीक दश हजार क्विन्टल चामल कोटा निर्धारण गरिए पनि चामल बिक्री नहुँदा समस्या भइरहेको छ।

मिठो, मसिनो, सस्तो सबै प्रकारको चामल बजारमा आउन थालेपछि संस्थानको चामल थन्किएको हो। संस्थानमा जस्तो सुकै राम्रो र गुणस्तरको चामल आए पनि उपभोक्ताले चासो नराखेको पाइएको हो। संस्थान प्रमुख ऐरले दसैंतिहारको बेला पनि संस्थानको चामल उपभोक्ताको रोजाइमा पर्न सकेको छैन। यो समयमा दैनिक १० देखि १८ क्विन्टलसम्म चामल बिक्री हुन्छ। अरुवा मोटो, मध्यम र बंगलादेशी उसिना चामल गरी तीन प्रकारको चामल संस्थानमा उपलब्ध छ। तर संस्थानको चामल ल्याउन उपभोक्ताहरु आउँदैनन। दसैं तिहारको प्याकेजमा संस्थानको चामलको मूल्य प्रतिकेजीमा २ रुपैयाँ घटाइएको छ। मकवानपुरे ४२ रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेकोमा ४० रुपैयाँ, उसिनो चामल ४१ रुपैयाँमा बिक्री हुँदै आएकोमा ३९ रुपैयाँमा बिक्री भइरहेको छ।

संस्थानको चामल लिनको लागि जुनसुकै दिन कार्यालय समयमा आउँदा सहजै रुपमा पाइन्छ।  गाविसको सिफारीस, दलको दवाव र स्थानीय प्रशासनको निर्देशन लिनु पर्दैन। जुनसुकै व्यक्तिले संस्थानमा आउने बित्तिकै चामल लिएर जान्छन् प्रमुख ऐरले भने। आईतबार र बुधबारमा सामान्य रुपमा चामल लिन आउने गरेको भए पनि अरु समयमा सुनसान हुन्छ। कर्मचारीलाई दिन गुजार्न कठिन हुने गरेको छ।

प्रत्येक गाविसका टयाक्टरमा चामल सहजै रुपमा जाने भएकोले संस्थानको चामल थन्किएको जानकारहरु बताउँछन्। अहिले दसंै तिहारको समयमा संस्थानमा सेवाग्रहीको भिडभाड देखिँदैन। गत वर्ष साढे ५ हजार क्विन्टल मात्रै खपत भएको थियो। ‘संस्थानको चामल बिक्रीमा दिन प्रतिदिन घट्दो अवस्थामा छ,’ संस्थान प्रमुख ऐरले भने, ‘अब जुम्ला चामलदेखि सवैहिसावले सुगम भइसक्यो।’ गाउँवाट आएका विद्यार्थी र गरिब तथा विपन्न परिवारले फाट्टफुट्ट चामल लिए पनि कसैले संस्थानको चामल लिँदैनन्।

संस्थानको चामल बजारको भन्दा निकै सस्तो छ, तर स्थानीयले रुचाउँदैनन्। संस्थानमा वर्षौदेखि थन्काइएको चामलभन्दा एक हप्तामै आएको ताजा चामलको उपभोग गर्ने गरेको सेवाग्राही वीरबहादुर थापा बताउँछन्। ‘सस्तो भातले पखाला लगाउँछ’ भन्ने उखानअनुसार संस्थानको चामल थन्किएको सेवाग्रहीहरु बताउँदै आएका छन्।

पहिले ५ केजी चामलको लागि दुनियाँलाई खुसामत गर्नु पथ्र्यो । हप्तौंसम्म खलंगामा बसेर दोब्बर खर्च गर्नु पथ्र्यो। अहिले गाउँगाउँमा चामलका गोदाम भएपछि चामल किन्नकै लागि संस्थानमा धाउनु परेको छैन। अधिकांश सेवाग्रहीले संस्थानको सस्तो चामल लिएर बनाइएको मदिरा महंगोमा बिक्री गरिरहेको जनाइएको छ।

प्रकाशित: १९ आश्विन २०७३ ११:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App