५ वैशाख २०८१ बुधबार
शिक्षा

भारतीय विश्वविद्यालयमा नेपालीलाई छात्रवृत्ति

उपकुलपति प्राडा राज सिंह।

काठमाडौं– भारतको गुडगाउँमा रहेको एनसल विश्वविद्यालयले नेपाली विद्यार्थीको लागि छात्रवृत्ति उपलब्ध गराएको छ। यो छात्रवृति एकाध विद्यार्थीको लागि नभएर त्यस विश्वविद्यालयमा उच्च शिक्षा हासिल गर्न भर्ना हुने सबै विद्यार्थीको लागि समान छात्रवृत्ति व्यवस्थाको घोषणा विश्वविद्यालयका उपकुलपति प्राडा राज सिंहले बताएका छन्। 

मंगलबार नागरिकसँगको कुराकानीमा उपकुलपति सिंहले विशेष गरि नेपाली विद्यार्थीहरु जेहेन्दार र सृजनात्मक भएकोले सबैलाई समान छात्रवृत्ति दिइने व्यवस्था विश्वविद्यालयले गरेको स्पष्ट पारे। उनले अबका दिनमा कुनै पनि संकायमा कुनै पनि विषयमा भर्ना हुने नेपाली विद्यार्थीले शुल्कमा ६० प्रतिशत छात्रवृत्ति पाउने उनले घोषणा गरेका छन्। ‘हाम्रा विश्वविद्यालयमा भर्ना हुने अन्य विद्यार्थीले भारतीय मुद्रामा तिर्ने रकम नेपाली विद्यार्थीले सोही रकम नेपाली मुद्रामा तिरे पुग्छ। जस्तै चार वर्षे स्नातक कोर्ष १० लाख भारतीय रुपैयाँ लाग्छ भने नेपाली विद्यार्थीले १० लाख नेपाली रुपैयाँ तिरे पुग्छ’, उपकुलपति सिंहले भने, ‘हाम्रा फ्याकल्टीहरु ९० प्रतिशत विद्यावारिधि उपाधि प्राप्त छन्। यसका साथै नेपाली विद्यार्थीहरु खेलकुदमा अब्बल हुनुको साथै पठनपाठन र अनुसन्धानमा समेत अब्बल भएको उनले बताए। भारतलगायत यस विश्वविद्यालयमा विश्वका १२  देशका विद्यार्थीहरु विभिन्न विषयमा अध्ययनरत रहेको उनी गर्वसाथ सुनाउँछन्। 

सुशान्त स्कुल अफ आर्ट एन्ट आर्किटेक्चर, स्कुल अफ हस्पिटालिटी म्यानेजमेन्ट, सुशान्त स्कुल अफ विजनेस, स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी, स्कुल अफ लँ, सुसान्त स्कुल अफ डिजाइन, सुसान्त स्कुल अफ हेल्थ साइन्स, सुसान्त स्कुल अफ प्लानिङ एन्ड डेभलपमेन्ट गरी कुल आठ स्कुलहरुका विभिन्न विषयहरुमा कुल ३ हजार विद्यार्थीहरु अध्ययनरत छन्। जसमध्ये विगत तीन वर्ष भित्र ५० नेपालीहरु एनसल विश्वविद्यालयमा भएको र सबैले उत्कृष्ट नतिजा दिएको उनी खुशीसाथ सुनाउँछन्। ‘त्यही भएर म यस वर्ष आफै नेपाल आएर नेपाली विद्यार्थीहरुलाई छात्रबृत्तिको लाभ उठाउँदै रुचाएको विषयमा भर्ना हुन आग्रह गरिरहेको छुँ’, उपकुलपति सिंह भन्छन्, ‘बजारमुखी नयाँ विषयहरु पठनपाठन गराउनु र उत्पादित जनशक्तिलाई विश्वबजारमा विक्न सक्ने दक्ष बनाउनु हाम्रो मुख्य लक्ष्य हो।’

इन्जिनिरिङ एन्ट टेक्नोलोजी विषयमा युनिभर्सिटि अफ द वेस्ट अफ इग्लैन्ड–ब्रिसटोल, आर्ट एन्ड आर्किटेक्चर विषयमा वेलायतको युनिभर्सिटि अफ  वेस्टमिनिस्टर र स्कुल अफ डिजानइनको लागि  वेलायतकै बर्नमाउथ विश्वविद्यालयसँग साझेदारी छ। जसले गर्दा यी विषयका विद्यार्थीहरु क्रेडिट ट्रान्सफरको माध्यबाट विदेशी विश्वविद्यालयहरुमा समेत अध्ययन गर्न सक्ने ब्यवस्था छ। यसैगरी हस्पिटालिटी म्यानेजमेन्ट विषयमा फ्रान्सको भेटल इन्टरनेसनलसँग समेत साझेदारी भएकोले यो विषयका विद्यार्थी फ्रान्समा समेत अध्ययन गर्ने ब्यवस्था गरिएको छ। 

ट्रान्स डिसिप्निरी लर्निङ ब्यवस्थाले विद्यार्थीलाई पठनपाठनकोसाथै समाजिक ब्यावहारिक ज्ञान समेत दिँदै आएको छ।

प्रकाशित: २३ माघ २०७५ ११:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App